विश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा हेटौंडामा प्रभातफेरी

जनपत्र
२० बैशाख २०७६, शुक्रबार ०९:२९

हेटौंडा / नेपालपत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा विश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा आज हेटौंडामा प्रभातफेरी कार्यक्रम गरिएको छ । प्रत्येकवर्ष मे ३ का दिनविश्वभर विश्व प्रेस स्वतन्त्रतादिवस मनाइँदै आएको छ । नेपालमा विश्व प्रेस स्वतन्त्रता दिवसलाई नेपाल पत्रकार महासंघले विविधकार्यक्रमसहित देशभर मनाउने निर्णय गरअनुसार पत्रकार महासंघ मकवानपुर साखाले प्रभातफेरी गरेर कार्यक्रम गरेको हो । हेटौंडाको सिमाचाकबाट निकालीएको प्रभातफेरी बुद्धचोक, पिपलबोट, मकवानपुर उद्योग बाणिज्यसंघ हुँदै पुनसिमाचोकमाआएर कोण सभामा परिणत भएको थियो ।

नेपालपत्रकार महासंघमकवानपुर साखाले आज ‘लोकतन्त्र र शान्तिकालागि मिडियाः इन्टरनेटको युगमापत्रकारिता र निर्वाचन’भन्ने नाराका साथविश्व प्रेस स्वतन्त्रतादिवस मनाएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिब कृष्ण सारु मगरले प्रेशलाई अहिले पनि नियन्त्रणमा लिन खोजीएको बताउनुभयो । पत्रकारहरु जुनसुकै सरकारको पनि प्रतिपक्षको रुपमा काम गर्दै आएको उहाँले बताउनुभयो ।
कार्यक्रमका अबसरमा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले प्रेशलाई स्वतन्त्र रुपमा छोड्नु भन्दापनितीनै तहको सरकारले आफ्नो अनुकुलका समाचार नलेखेको भन्दै प्रेशलाई अंकुशलगाउनखोजेको बताउनुभयो ।

समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, धरपकट गर्ने लगायतकाकाम सरकारबाट भएकाले यस्ता काम रोक्नकालागिअध्यक्षहुमागाईले माग गर्नुभयो । सबै दलका नेता, कार्यकर्ता र सरकारमा बसेकालाई लोकतन्त्रआएपनिपत्रकारका निम्तीलोकतन्त्रनआईसकेको उहाँले बताउनुभयो । सबैले लोकतन्त्रको अनुभुति गरिरहेको अबस्थामा पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गरेपछी हाम्रानिम्ति के को लोकतन्त्र?उहाँले प्रस्न गर्नुभयो ।

अझ सरकारमा बसेकाहरुका निम्ती मात्र लोकतन्त्रआएको बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका पुर्ब अध्यक्ष राममणि दाहालले लोकतन्त्र र पुर्ण प्रेश स्वतन्त्रताका लागि पत्रकारहरु लडिरहेको बताउनुभयो । कार्यक्रममा ब्रोकाष्टिङ एसोसियशन नेपाल बानका उपाध्यक्ष उज्वल चौलागाई, पत्रकार महासंघ मकवानपुरका पुर्ब अध्यक्षहरु नबराज शर्मा, कौषल पाण्डे लगायतकाको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*