प्रदेशको स्थायी राजधानी हेटौंडा, नाम वागमती !

हरि हुमागाईं
२० बैशाख २०७६, शुक्रबार ०९:११

हेटौंडा /  प्रदेश नम्बर –३ को स्थायी राजधानी हेटौंडानै कायम हुने लगभग सुनिस्चित भएको छ । डेढ बर्ष अगाडी देखि अस्थायी राजधानी रहेको हेटौंडा प्रदेशको स्थायी राजधानी तोक्न नेकपाका दुबै अध्यक्ष सकारात्मक भएका छन् । हेटौंडा राजधानी राख्ने बिषयमा प्रधानमनत्री केपी शर्मा ओली समेत सकारात्मक भएकाले अब हेटोंडा अस्थायी राजधानीबाट स्थायी राजधानीमा परिणत हुने लगभग पक्का भएको छ । यस अघि देखिनै नेकपाका अर्का अध्यक्ष पुस्पकमल दाहाल सकारात्क हुनुहुन्थ्यो ।

स्थायी राजधानी हेटौंडा र राजधानीको नाम भने बागमती राख्नका लागि प्रधानमन्त्री ओली सकारात्मक हुनुभएको हो । सातवटै प्रदेशको अन्तर प्रदेश समन्वय परिषद बैठकमा प्रधानमनत्री ओलीले हेटौंडाबाट अन्यत्र राजधानी नसर्ने बताउनु भएको बैठकमा सहभागि एक मुख्यमन्त्रीले खुलासा गर्नुभयो । राजधानीको बिषयमा अल्झने भन्दा पनि काम गरेर देखाउनका लागि मुख्यमन्त्रीहरुलाई ओलीले निर्देशन दिनुभएको थियो । अन्तरप्रदेश समन्वय परिषद बैठकको एक साता बितेपछी बल्ल प्रधानमनत्रीले राजधानी र नामाकरणको बिषयमा बोलेको कुरा एक मुख्यमन्त्रीले खुलासा गर्नुभयो ।

राजधानीको नामले गर्दा काठमाण्डौ उपत्यका पनि समेटिने र हेटौंडाबाट राजधानी पनि नसर्ने लगभग पक्का भएको हो । प्रधानमन्त्री ओलीले राजधानीको टुङ्गो कहिले लगाउने भन्ने बिषयमा टुङ्गो भने लागेको छैन । अहिले जुन स्थानमा भएपनि कुनै काम गर्न समस्या नभएकाले कामलाई प्राथमिकता दिनका लागि प्रधानमनत्रीले आग्रह गर्नुभएको छ ।

यसभन्दा पहिले नेकपाका अर्का अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले भने स्थायी राजधानी हेटौंडानै रहन्छ भनेर सार्बजनिक रुपमा संकेत गरिसक्नु भएको छ । अहिले भएका अस्थायी राजधानीलाई अन्यत्र सार्दा ठुलै आन्दोलन हुने भएकाले यसका कारण पनि भएका राजधानी अन्यत्र सार्ने पक्षमा दलका नेताहरु छैनन् ।

नेकपाका दुबै अध्यक्ष ओली र दाहाल हेटौंडा राजधानी राख्ने पक्षमा उभिएपनि कसरी कुन तरिकाले स्थायी राजधानी राख्ने र नामाकरणका बारेमा प्रदेश सभाका सदस्यहरुलाई सर्कुलेशन गर्ने भन्नेमा अन्योलमानै रहेको नेकपाका एक जना केन्द्रीय नेताले बताएका छन् । राजधानी र नामाकरणको बिषयमा कुहिले कसरी टुङ्गो लगाउने भन्नेमा प्रधानमनत्री ओलीले खुलाउनुभएको छैन । प्रदेश नम्बर ३ को प्रदेश सभामा नेकपाको दुईतिहाई बहुमत छ ।

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भने प्रदेश सरकार सुरु र्भदेखिनै राजधानी हेटौंडाबाट अन्यत्र नसर्ने बताउँदे आउनुभएको छ । यसको बिषयमा पार्टीका केन्द्रीय स्तरका नेताहरुसंग पनि उहाँले धेरै चरणमा छलफल गरिसक्नु भएको छ । राजधानी हेटौंडाबाट नसर्नेमा ढुक्क हुनुभएका मुख्यमन्त्री पौडेलले प्रदेश सभाको हिउँदे अधिबेशनमा राजधानीको बिषयमा टुङ्गो लगाउने भनेपनि त्यो काम भने हुन सकेन । अब बर्षे अधिबेशनमा पनि राजधानीको बिषयले प्रबेश पाउने निस्चित छ । तर, टुङ्गो लाग्ने भन्नेमा अन्यौलनै छ ।

काग्रेशको सरकारको पालामा प्रदेश राजधानी हेटौंडामा भएकाले अब काग्रेशका केही प्रदेश सभाका सदस्यहरु भने हेटौंडाबाट अन्यत्र राजधानी सार्न दिनुपर्छ भन्ने पक्षमा छैनन् । तर, काठमाण्डौ उपत्यका र वरपरका सांसदभने राजधानी हेटौंडाबाट पनि सार्ने र नेकपाका सांसदका कारण राजधानी सारिएको भनेर आन्दोलन पनि चर्काउने पक्षमा छन् । मुख्यमन्त्री पौडेल र प्रदेशका प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानिया पनि प्रदेश राजधानी हेटौंडामानै स्थायी गराउने पक्षमा हुनुहुन्छ । सार्बजनिक समारोहमा पनि यही अभिब्यक्ति दिदै आउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*