बागमती प्रदेश सरकारलाई दुइ सय वटा अक्सिजन शिलिण्डर सहयोग

हेटौंडा । बागमती प्रदेश सरकारलाई दुइ सय वटा अक्सिजन शिलिण्डर सहयोग प्राप्त भएको छ । एसटीसी ग्रुपको तर्फबाट प्रदेश सरकारलाई २ सय वटा अक्सिजन शिलिण्डर आज हस्तान्तरण गरिएको हो ।
ग्रुपका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई शिलिण्डर हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले शिलिण्डर अभाब भइरहेको समयमा सहयोग प्राप्त हुनु राम्रो काम भएको वताउनुभयो ।
अक्सिजन अभाबका कारण कोरोना संक्रमणका बिरामीलाई पहिले समस्या परेको भएपनि अहिले केही सहज भएको मुख्यमन्त्री पौडेलले वताउनुभयो । फेरी पनि यस्ता सहयोग सरकारलाई आवस्यक पर्ने भएकाले निरन्तर्ता दिनका लागि आग्रह गर्नुभयो । कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य दिपक निरौला, स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्र हेटौंडाका प्रमुख बसन्त अधिकारी लगायतकाको सहभागिता रहेको थियो ।