सरोकार नभएका व्यक्तिले दल दर्ता खारेजीको निवेदन दिए : माओवादी केन्द्र

जनपत्र
२५ असार २०७८, शुक्रबार १८:२३

unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा परेको दल दर्ता खारेजीको निवेदनप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले निकालेको विज्ञप्तिमा सरोकार नभएका व्यक्तिले दल दर्ता खारेजीको निवेदन दिएको र निवेदनबारे माओवादी केन्द्रको ध्यानाकर्षण भएको उल्लेख छ । संविधान, कानुन, विधि विधान विपरीत पार्टीको दुष्प्रचार गरिएको माओवादी केन्द्रले जनाएको छ ।

‘हाम्राे पार्टीसँग कुनै सराेकार नराख्ने व्यक्ति निवेदक रहेकाे र दल दर्ता र दल खारेजीसम्बन्धी सामान्य कानुनी प्रक्रियासमेत जानकारी नभएकाे व्यक्तिले यस्ताे हरकत गर्नु हास्यास्पद देखिन्छ’, विज्ञप्तिमा भनिएकाे छ ।

केही अवसरवादी स्वार्थी लालची अनैतिक तत्त्वले यस प्रकारकाे दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनसायले त्याे कार्य गर्न गराउन प्रयत्न गरेकाे देखिएकाे माओवादी केन्द्रले जनाएकाे छ ।

गएकाे बुधवार निर्वाचन आयोगमा माओवादी केन्द्रको दल दर्ता खारेजीका लागि निवेदन दर्ता भएको थियो । एमालेमा रहेका माओवादीका नेताहरूले अधिवक्ता सरोज बुढाथोकीमार्फत गएकाे बुधवार आयोगमा माओवादी केन्द्रको दल दर्ता खारेजीका लागि निवेदन दर्ता गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*