अभिनेत्री जेनी कुँवरको शव भेटियो
काठमाण्डाै – अभिनेत्री जेनी कुँवर मृत भेटिनु भएको छ । काठमाण्डौ थापागाउँमा रहेको सनराइज सिटी अपार्टमेन्टमा गएराति कुँवरको शव भेटिएको हो । झुण्डिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । कुँवर यही अपार्टमेन्टमै बस्दै आउनु भएको थियो ।
पशुपति क्षेत्रमा माता बनेर हिँडेपछि ५० वर्षीया कुँवरको अन्तवार्ता लिने युट्युबरको सङ्ख्या बढेको थियो।
कुँवरले जिन्दगानी, मैदान, जीवनदाता, कानुन, अभिमन्यु, बिन्तिपत्र, मलाई माफ गरिदेऊलगायत चलचित्रमा अभिनय गर्नु भएको छ ।