नेपालमा पहिलोपटक बर्ड फ्लुबाट मानिसको मृत्यु

जनपत्र
२० बैशाख २०७६, शुक्रबार ०६:२४

काठमाडौं । नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लु भेटिएको छ । बर्ड फ्लुबाट एक युवकको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको हो । ती युवकको परिचय गोप्य राखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ज्वरो र रुघाखोकीबाट पीडित भएपछि ती युवक चैत १० गते अस्पताल भर्ना भएका थिए । भोलिपल्ट उनको घाँटीको र्‍याल परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइयो । सोही दिन उनलाई इन्फ्लुयन्जाविरुद्धको औषधिसमेत दिइएको थियो । तर, १५ चैतमा उनको उपचारकै क्रममा मृत्यु भयो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणले भाइरसको प्रकार पत्ता लागेन । त्यसपछि विश्व स्वास्थ्य संगठन जापानस्थित प्रयोगशालामा र्‍यालको नमूना पठाइएको थियो ।
वैशाख १७ गते प्राप्त नतिजामा इन्फ्लुएन्जा ए एच फाइभ एन वान संक्रमण भएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एच फाइभ एन वानबाट मानिस संक्रमित भएको नेपालमै पहिलो पटक हो । मन्त्रालयका अनुसार अरु विरामीमा भने एच फाइट एन वानको संक्रमण देखिएको छैन । एच फाइट एन वान भाइरसले पंक्षीबाट संक्रमण गर्छ र कहिले काहीँ पक्षीबाटै मानिसमा समेत सर्छ ।
यो भाइरस पहिलो पटक १९९६ मा पत्ता लागेको थियो । विश्व श्वास्थ्य संगठनका अनुसार २००३ देखि हालसम्म विश्वभर ८६० जनामा एच फाइट एन वान भाइरसको संक्रमण भएको छ । त्यसमध्ये आधा जत्ति ९४५४० मानिसको मृत्यु भएको तथ्यांक छ । तर, अहिलेसम्म एच फाइभ एन वान भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि भने भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*