मकवानपुरमा थप ५२ जनामा कोरोना पुष्टि, ८१ जना संक्रमणमुक्त

हेटौंडा – मकवानपुरमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ सय ५७ जनाको कोरोना परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको हो । यससंगै जिल्लामा संक्रमण पुष्टि हुनेको संख्या ११ हजार ४ सय ७६ जना पुगेको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा ८१ जनाले कोरोना जितेका छन् । जसमा होमआइसोलेशनबाट ६६ जना र संस्थागत आइसोलेशनबाट १५ जनाले कोरोना जितेका हुन् । यससंगै जिल्लामा कोरोना जित्नेको संख्या १० हजार ५ सय ८६ पुगेको छ ।
हाल जिल्लामा ७ सय १३ जना सक्रिय संक्रमित रहेका छन् । जसमा ६ सय ५४ जना घरमा र ५९ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा एक जना पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । जिल्लामा हालसम्म कोरोनाबाट १ सय २९ जनाको मृत्यु भएको कार्यलयले जनाएको छ ।