बढ्यो डिजेल-पेट्रोलको मूल्य

१९ वैशाख, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल/मटितेलको मूल्य बढाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।
पेट्रोलमा १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल र मटितेलमा १/१ रुपैयाँ भाउ बढेको छ । शुक्रबार राती १२ बजेबाट बढेको मूलय लागू हुनेछ ।
काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलमा १११ रुपैयाँ ५० पैसा पुर्याइएको छ । डिजेल र मट्टतिेको मूल्य ९८ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विरेन्द्र गाइतले बताए ।
पछिल्लो १०/१५ दिनमा अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले मूल्य बढाउनुपरेको उनको भनाइ छ ।
अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमुल्यन भएकाले इण्डियन आयल कर्पोरेशनबाट १ मे २०१९ मा मूल्य बढेर आएको निगमको दावी छ ।
यो मूल्य वीरगञ्जतर्फको सीमा मूल्यमा पेट्रोलमा १३.६७ प्रति लिटर र डिजेल १५.६४ प्रति लिटरले नेपालतर्फ नै सस्तो रहेको निगम बताउँछ ।
अनलाईन खबरमा समाचार छ ।