मेलमिलाका माध्यमले दुबै पक्षको जित

जनपत्र
१९ बैशाख २०७६, बिहीबार १८:०२

हेटौंडा । हेटौंडाका सूचिकृत मेलमिलापकर्ताहरुका लागि तीन दिने तालिम हेटौंडामा दिन सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा तालिम दिन सुरु गरिएको हो । कार्यक्रमको उध्घाटन् गर्दै उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले अहिले नगर क्षेत्रमा मुद्धामामिलाको झन्झट गर्न भन्दा पनि मेलमिलाका माध्यमले दुबै पक्षको जित गराउने गरिएको बताउनुभयो ।

कुनैपनि समस्या आएमा पहिलो प्राथमिकता भनेको मेलमिलाप गराउनुनै भएको मेयर महतले बताउनुभयो । उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाको अध्यक्षतामा भएको कार्यक्रममा मेलमिलापकर्ताहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*