ढुङ्गासहितको पहिरो खसेपछि सङ्खुवासभाको माम्लिङ–पिलुवा सडक बन्द

जनपत्र
२३ असार २०७८, बुधबार ०७:०६

सङ्खुवासभा – कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको माम्लिङ–पिलुवा खोला सडकमा ढुङ्गासहितको पहिरो खसेपछि सडक बन्द भएको छ । धर्मदेवी नगरपालिकाको छुमाङ भिरबाट पहिरो खसेपछि सडक बन्द भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ ।

डिभिजन प्रमुख गौतमकुमार श्रेष्ठका अनुसार ढुङ्गा खसेको सडकभन्दा केही तल बाक्लो गाउँ भएकाले हटाउन समस्या भइरहेको छ । पहिरो हटाउन प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ ।

यस्तै पहिराले खाँदबारी किमाथाङ्का सडक अन्तर्गत मकालु गाउँपालिकाको दोभान खण्डमा पनि सडक बन्द छ ।

विराटनगर हुँदै धरान—धनकुटा भएर सङ्खुवासभामा भित्रिने कोशी राजमार्गको माम्लिङ्ग—पिलुवा खोला सडक खण्ड मुख्य बाटो भएकाले एकतर्फी भए पनि खुलाउने प्रयास भइरहेको सडक डिभिजन प्रमुख श्रेष्ठको भनाइ छ ।

अविरल वर्षाका कारण जिल्लाका अन्य सडकमा समेत क्षति पु¥याएको छ । तर आवतजावत नै बन्द भने भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*