हेटौंडामा यस्तो वन्दैछ अन्तराष्ट्रिय स्तरको कृषि थोक बजार

२८ करोड ३६ लाख लागतमा अन्तराष्ट्रिय स्तरको कृषि थोक बजार निर्माणको काम सुरु भएको छ ।
जनपत्र
२२ असार २०७८, मंगलवार ०८:५०

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ थनाभ¥याङमा अन्तराष्ट्रिय स्तरको कृषि थोक बजार निर्माण हुने भएपछी किसान र यससंग सम्वन्धीत व्यवसायीहरु खुसी भएका छन् । किसानको उत्पादन पनि बिक्री गर्नका लागि सहज हुने र व्यासायीलाई पनि स्थायी रुपमा सुबिधा सम्पन्न कृषि थोक बजार निर्माण सुरु भएपछी खुसी भएका हुन् ।

कृषि थोक वजार हेटौंडाको गौरबको योजना रहेको र यसले सबैलाई फाइदा पुग्ने र उपमहानगरपालिकाको आन्तरिक राजस्व समेत संकलन हुने मेयर हरि बहादुर महतले वताउनुभयो । २८ करोड ३६ लाख ५५ हजार रुपैयाँ लागतमा अन्तराष्ट्रिय स्तरको कृषि थोक बजार निर्माण सुरु भएका हो ।

बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा प्रादेशिक कृषि थोक बजार निर्माण सुरु भएको हो । दुइ बिगाहा ४ धुर क्षेत्रफलमा कृषि थोक बजार निर्माण गर्न लागिएको हो ।
सरकारी जग्गा हडपेर बसेकाहरुलाई हटाएर सुन्दर कृषि थोक बजार निर्माण गर्न लागिएको मेयर महतले वताउनुभयो । यो थोक बजार दुइवर्ष भित्रमा निर्माण सक्नेगरी काम सुरु भएको हो ।

कृषि विकास निर्देशनालयको ७० र उपमहानगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा कृषि थोक बजार निर्माण सुरु भएको कृषि बिकास निर्देशनालय हेटौंडाका निर्देशक रबिन्द्र बहादुर प्रधानले वताउनुभयो । थोक बजार स्थापना भईसकेपछि कृषि बजारहरुमा उपयुक्त भण्डारण, सित भण्डार, प्याकिङ, ग्रेडिङ, प्रशोधन लगायतको सुविधाहरुको अपर्याप्तता र अभाव जस्ता समस्याको अन्त्य हुने उहाँले वताउनुभएको छ ।

थोक बजारले कृषकहरुले न्यून मूल्य पाउने, उपभोक्ताले चाहे अनुसार गुणस्तरीय उपज नपाउने र उपभोक्ता र फार्म गेट मूल्यको अन्तर बढि हुने समस्याको समेत समाधान गर्ने अपेक्षा गरिएको छ । कृषि थोक बजार निर्माण भइसकेपछी हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिने भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*