लागूऔषध सहित हेटौंडाबाट एक जना पक्राउ

हेटौंडा / मकवानपुर प्रहरीले सिरीन्जबाट प्रयोग गर्ने लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । हेटौंडा १ स्थित टाटा सुमो काउन्टरबाट प्रहरीले लागूऔषध सहित ललितपुर महानगरपालिका वडानम्बर ८ बस्ने ३७ बर्षिय संजय महर्जनलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले लागूऔषध डाईजेपाम ३० एम्पुल, नोर्फिन ३० एम्पुल र फेनार्गन ३० एम्पुल बरामद गरिएको मकवानपुरका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।