गाँजा सहित भारतीय गाडी पक्राउ गर्दै मकवानपुर प्रहरी

हेटौंडा / हेटौंडा १५ रातोमाटेबाट प्रहरीले भारतिय नम्बर प्लेटको गाडी सहित एक जनालाई लागूऔषध गाँजा सहित पक्राउ गरेको छ । मकवानपुरबाट भारत तर्फ निकासी गर्न लागिएको भारतिय नम्बर प्लेटको बिआर २९७५६ नम्बरको टाटासुमोमा राखेर भारत निकासी गर्न लागिएको अबस्थामा ३१ केजी गाँजा सहित भारतिय नागरिक भारत बिहार मुजफ्फपुर सदातपुर ८ बस्ने २६ बािषर््य राजकुमार यादबलाई पक्राउ गरेको हो ।
चार वटा पोकामा लुकाएर लैजान लागेको अबस्थामा गाँजा सहित मानिसलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताउनुभयो । टाटा सुमोको पछाडीको नम्बर प्लेट राख्ने भागमा फल्स बटम बनाएर गाँजाका चार वटा पोका राखेर निकासी गर्न लागिएको अबस्थामा बरामद गरिएको उहाँले बताउनुभयो । प्रहरीले पक्राउ गरेको गाँजा, मानिस र सवारीका साधनलाई आजै सार्बजनिक गरेको छ । यसअघि पनि लगातार रुपमा भारतिय गाडी र भारतिय नागरिकलाई गाँजा सहित पक्राउ गर्ने क्रमकवानपुर प्रहरीले जारी राखेको छ ।