जिता नदीको बाढीले सप्तरीमा झन्डै दुई सय घर डुबानमा

जनपत्र
२१ असार २०७८, सोमबार १८:०९

unn.prixa.net

 

सप्तरी – लगातारकाे वर्षाका कारण जिता नदीकाे धार भत्किँदा सप्तरीको राजविराज नगरपालिका १० कदमाहा टोलका झन्डै दुई सय घर डुबानमा परेका छन् । राजविराज नगरपालिका १० का वडाध्यक्ष सुशील दासले साेमवार (आज) बिहानदेखिकाे बाढीले कदमाहा बस्ती डुबानमा परेको हाे ।

घर–घरमा झन्डै चार/पाँच फीटसम्म पानी जमेको छ । यस्तै खाडो खोलाका कारण राजविराज नगरपालिका १५ का केही घर डुबानमा परेको छ ।

यसैबीच भत्किएको जिता धार निर्माणका लागि खटिसकिएको र बाढी पीडितको उद्धार, राहतका लागि आवश्यक पहल भइरहेको राजविराज नगरपालिकाका मेयर शम्भु यादवले जानकारी दिनुभयो ।

यता लगातारको वर्षाका कारण हनुमाननगर कङ्कालिनी नगरपालिकाको वडा नं ११, १२, १३ र १४ का केही घर डुबानमा परेका छन् । सप्तरीमा बर्सेनि विभिन्न खोला तथा नदीमा बाढी आए पनि यसबाट हुने क्षति कम गर्न अहिलेसम्म सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयवासीकाे आराेप छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*