देशैभर मेघ गर्जनसहित असिनापानी, हावाहुरीको पनि सम्भावना

जनपत्र
१९ बैशाख २०७६, बिहीबार ०९:००

काठमाडौं / देशका पुर्वी, मध्यम र पश्चिमी भेगमा हावाहुरी र मेघ गर्जनसहित बिहीवार पनि पानी पर्ने संभावना रहेको छ। केहि स्थानमा असिनासहितको पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार काठमाडौ उपत्यकाको मौसस दिनभर सफा रहेपनि बेलुकी पख भने हावाहुरीसहित पानी पर्ने जानकारी दिइन्। मध्य र पुर्वी तराईको मौसम बदली भएर बेलुकी पानी पर्नेछ। बादल विकसित भएका कारण मध्य र पुर्वी तराईमा पानी पर्नेछ भने तराईका अन्य स्थानहरुको मौसम सामान्तयता सफा रहनेछ। जारी प्रि–मनसुन, स्थानीय वायु र पश्चिमी वायुको सक्रियताका कारण देशका धेरै स्थानमा मेघगर्जन र हावा हुरीसहित पानी पर्ने महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*