भूकम्प पीडितलाई आवास अनुदानको किस्ता कात्तिक मसान्तसम्म लिइ सक्न आग्रह

जनपत्र
१८ असार २०७८, शुक्रबार १९:२३

 

unn.prixa.netकाठमाण्डाै – भूकम्प पीडितलाई आवास अनुदानको किस्ता कात्तिक मसान्तसम्म लिइ सक्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आग्रह गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले अहिलेसम्म पनि अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीलाई कात्तिक मसान्तभित्र तेस्रो किस्ता लिने गरी घर पुनर्निर्माण गर्न अनुरोध गरेको हो ।

समितिको बैठकले पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीलाई सम्बन्धित पालिकामा यथाशीघ्र निवेदन दिन पनि अनुरोध गरेको छ । अनुदान सम्झौता गर्न वा बाँकी किस्ता प्राप्त गर्न लाभग्राहीले प्राधिकरणले तयार गरेको कबुलियतनामा फाराम भर्नुपर्नेछ । लाभग्राही प्राधिकरणले तोकेको मापदण्ड र समयसीमाअनुसार पुनर्निर्माण गर्न मञ्जुर हुनुपर्नेछ । त्यसलाई सम्बन्धित वडाध्यक्षले सिफारिससमेत गर्नुपर्नेछ ।

त्यसैगरी बैठकले निर्माण भइसकेका निजी आवास निर्धारित मापदण्डअनुसार सुधार गर्नुपर्ने भनी सम्बन्धित प्राविधिकले गरेको सिफारिसअनुसार सुधार गर्न सहमत लाभग्राहीलाई अनुदानको बाँकी किस्ता भुक्तानी गर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै कार्यकारी समितिले विविध कारणवश अहिलेसम्म जग्गा खरिद गर्न नसकी पुनर्निर्माण गर्न नसकेको भूमिहीन वा जोखिम बस्तीका लाभग्राहीलाई आउँदो भदौ मसान्तसम्म जग्गा खरिद गरिसक्न पनि आग्रह गरेको छ । यस्ता लाभग्राहीले पनि कात्तिक मसान्तसम्म अनुदानकाे किस्ता लिने गरी घर निर्माण गर्नुपर्नेछ ।

२०७२ सालको भूकम्पपछि अहिलेसम्म आठ लाख ५८ हजार दुई सय ८२ जना पुनर्निर्माण लाभग्राही बनेका छन् । जसमध्ये ९५ दशमलव ३७ प्रतिशत अर्थात् आठ लाख १८ हजार ६ सय २४ जनाले अनुदान सम्झौता गरेका छन् ।

अनुदान सम्झौता गरेकामध्ये पहिलो किस्ता लिने घरधुरी आठ लाख १६ हजार ६ सय, दोस्रो किस्ता लिने सात लाख २७ हजार तीन सय २८ र तेस्रो किस्ता लिने घरधुरी ६ लाख ६५ हजार दुई सय ३३ छन् । अनुदान सम्झौता गरेकामध्ये ७४ दशमलव ६८ प्रतिशत अर्थात् ६ लाख ११ हजार दुई सय ४१ घरधुरीले निजी आवास पुनर्निर्माण सम्पन्न गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*