मकवानपुरमा थप ७२ जनामा कोरोना, ९७ जना संक्रमणमुक्त

हेटौंडा – मकवानपुरमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ सय ४६ जनाको कोरोना परीक्षण गर्दा ७२ जनामा संक्रमण पुष्टि भएको हो । यससंगै जिल्लामा संक्रमण पुष्टि हुनेको संख्या ११ हजार १ सय १९ जना पुगेको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा ९७ जनाले कोरोना जितेका छन् । जसमा होमआइसोलेशनबाट ७८ जना र संस्थागत आइसोलेशनबाट १९ जनाले कोरोना जितेका हुन् । यससंगै जिल्लामा कोरोना जित्नेको संख्या १० हजार २६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा कुनै कोरोना संक्रमितको मृत्यु भएको छैन । जिल्लामा हालसम्म कोरोनाबाट १ सय २९ जनाको मृत्यु भएको कार्यलयले जनाएको छ ।
हाल जिल्लामा ९ सय २३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ८ सय ४८ जना घरमा र ७५ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।