कोरोना संक्रमण दर कम भएपछी मकवानपुरमा सबै सरकारी कार्यालय खुले

जनपत्र
१३ असार २०७८, आईतवार १०:२५

मकवानपुर – मकवानपुरमा आज देखि सबै सरकारी कार्यालयको सेवा खुलेको छ । स्वास्थ्य मापदण्ड पालना गर्दै सरकारी कार्यालयहरु खुलेका हुन् । कोरोना संक्रमण दर मकवानपुरमा केही कम भएपछी सरकारी कार्यालयहरु खुलेका हुन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको निर्णय अनुसार स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा नियमित गरिएको हो ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको आदेशमा यहाँका सरकारी कार्यालयहरु खुलेका हुन् । कोरोना भाइरसको उच्च सतर्कता अपनाएर सेवा प्रवाह गर्ने गरी कार्यालय प्रमुखहरूलाई परिपत्र गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले समेत बारअनुसार सेवा प्रवाह गर्न सुरु गरेको सन्दर्भमा सबै कार्यालयलाई त्यहीअनुसार सतर्कता अपनाउने गरी काम सुरु भएको छ ।

प्रदेशस्तरीय कार्यालयहरूलाई भने सेवाग्राहीलाई टेलिफोनमार्फत जानकारी लिएर मात्रै आउने व्यवस्था गर्न भनिएको छ । जिल्लाको मालपोत र नापी कार्यालयलाई विशेष सतर्कताका साथ सेवा प्रवाह गर्न भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*