मकवानपुरगढीको सामरी खोलामा पुल निर्माणको काम अझै सकिएन, खोला तर्नै समस्या

जनपत्र
१३ असार २०७८, आईतवार ०७:३७

हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा विगत लामो समयदेखि निमार्णाधीन अवस्थामा रहेको पुलले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ र वडा नंम्बर–३ जोडनका लागि सामरी खोलामा पुल विगत ५ बर्षदेखि ठेकेदारको लापरबाहीका कारण निमार्णको काम अगाडि बढन नसकेको हो ।

उक्त पुलको ठेकेदारले समयमा काम पूरा नगर्दा यस क्षेत्रका स्थानीयहरुले लामो समयदेखि सास्ती खेप्नु परेको वताएका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्र्तगत जिल्ला विकास समिति मकवानपुरले नागार्जुन शकंर माली जेबी ठेकेदार कम्पनीलाई झण्डै पाँच करोड सैतीस लाख बयानब्बे हजारको लागतमा निमार्ण गर्न ठेक्का दिएको उक्त पुलमा यतिबेला ३ वटा पिल्लर बाहेक अन्य कुनैपनि कार्य अघि बढन नसकेको भन्दै स्थानीय आक्रोशीत छन । समयमानै पुल निर्माण नहुँदा समस्या बेहोर्नु परेको मकवानपुर गढी गाउँपालिका वडा नम्बर–५ का वडा अध्यक्ष जितबहादुर घिमिरे वताउनुहुन्छ ।

स्थानीयका अनुसार २०७४ साल चैतसम्ममा पुल निमार्णको कार्य सकिनुपर्ने भएतापनि अहिलेसम्म पुलको पिल्लर राख्ने बाहेक अरु कुनै काम भएको छैन । सम्झौता अवधि सकिएको ४ वर्ष भइसकेको छ । २०७३ सालदेखि निमार्ण शुरु भएको उक्त पुलमा २०७८ सालको असारको आधाआधि सम्ममा पनि त्यही ३ वटा पिल्लर मात्र गाडिएको छ । स्थानीय र मिडियाको सक्रीयतापछि पुनः निमार्णाधीन पुलले केही स्वरुप लिएकोे थियो र सबैको दबाबका कारण ठेकेदारले ३ वटा पिल्लरमध्ये एउटा पिल्लरमा भने ढलान गरि स्ल्याब गर्ने आश्वासन त दियो तर अहिले सम्म ढलान हुन नसकेको स्थानीय प्रतक्षदसीहरु वताउँछन् ।

उक्त पुलमा सामरी खोलालाईनै साँघुरो बनाउनेगरी थुनेर रोखेको धेरै समय भइसकेको छ । यसरी खाला थुनेर निमार्ण गर्दा स्थानीय बस्ती जोखिममा छन् । खोला बग्ने सानो भाग मात्र राखेर खोलाको ओल्लोपल्लो दुवै पट्टी गिटी, बालुवा र माटो थुपारिएको छ , अत्याधिक वर्षा भइरहेको मनसुनको मध्य तिरको यो अवस्थामा स्थानीय त्रसित भएर बस्न बाध्य छन । यसरी निरन्तर पानी परिरहदा खोलाको बहाव बढमो पानी बस्तीमा पस्ने पक्का जस्तै छ । त्यस्तो अवस्था आएमा मानवीय क्षतिसँगै करोडौको धनजनको क्षति हुने सम्भावना रहेको अध्यक्ष घिमिरे वताउनुहुन्छ ।

अहिले पनि अत्याधिक पानी परिरहेका कारण खोलाको बहाव बढेको अवस्था छ जसले गर्दा वारीपारी जानको लागि स्थानीय बासीन्दालाई ठूलो समस्या छ । वडा नम्बर–३ का स्थानीयलाई दैनिक उपभोग्य सामान लिन खोला तरेर आफनो ज्यानलाई जोखिममा राखेर पारी पट्टी जानु पर्ने वाध्यता छ । सानसाना बालबालिकासमेत यही सामरी खोला तरेर पढन आउनुपर्ने बाध्यता छ । सानासाना बालबालिका यसरी खोला तरेर पढन आइरहदा कतिले त ज्यान पनि गुमाइसकेका छन । यसरी कति दिन ज्यान नै धरापमा राखेर वारीपारी गरिहनु पर्ने हो यहाँका बासिन्दाले ? पुल बन्ला भन्न्ो आशैआशमा यहाका स्थानीय निराश भइसकेका छन्, कि त निमार्णधीन पुलले पूर्णता पाउनु परयो कि त पुल निमार्ण गर्न थुनिएको माटो खोलिदिनु परयो ।

सामरी खोला छेउको कोरिडर नजिकै वारीपारी गर्न सहज होस भन्ने हिसाबले निमार्ण गरिएको तुइन यतिबेला जिर्ण अवस्थामा छ । हिउदँभरि तुइन नचल्ले हुदाँ तुइनको घिर्नीमा खिया लागिसेको छ । उक्त तुइनबाट एकपटकमा २ जना मात्र आवातजावत गर्न सकिन्छ । यतिमात्र होइन तुइनको समयमा मर्मतसम्भार नहुदाँ तुइनको दुवैपटटि भागमा बाधिएको डोरीसमेत चुडिने अवस्थामा छ । कोहि बिरामी पर्दा होस या घरायसी सामान किन्न नै किन नहोस यहि खोला र तुइनको भरमा बजारसम्म आइपुग्नु पर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*