मकवानपुरमा कोरोनाका कारण एक जनाको मृत्यु, ८९ जनामा संक्रमण पुष्टि

जनपत्र
११ असार २०७८, शुक्रबार १५:५०

हेटौंडा – मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना बकैंया गाउँपालिकाका रहेका छन् । यससंगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या यससंगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय २४ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ सय १३ जनामा गरिएको परिक्षणमा ८९ जनामा कोरोना पुष्टि भएको हो । यससंगै कोरोना संक्रमितको संंख्या १० हजार ७ सय ६२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८१ जनाले कोरोना संक्रमणमुक्त भएका छन् । जसमा होमआइसोलेशनबाट ६३ जना र संस्थागत आइसोलेशनबाट १८ जना संक्रमणमुक्त भएका हुन् । यसंसगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ हजार ५ सय ४६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लाभर १ हजार ७२ जना रहेका छन् । जसमा ९५ जना संस्थागत आईसोलेशनमा र ९ सय ७७ जना हामआइसोलेशनमा रहेका छन । प्रहरखवरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*