मकवानपुरका दश वटा स्थानीय तहको बजेट भौतिक पूर्वाधारमा केन्द्रीत

जनपत्र
११ असार २०७८, शुक्रबार ०८:५०

हेटौंडा । मकवानपुरका दश वटै स्थानीय तहले प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधार बिकासका कामलाई जोड दिइएको छ । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, बागमती गाउँपालिका, बकैया गाउँपालिका, मनहरी गाउँपालिका, राक्सीराङ गाउँपालिका र कैलास गाउँपालिकाको बजेट पूर्वाधार विकासमा केन्द्रीप्त भएका छन् ।

हेटौंडा उपमहानगरपालिकाले प्रस्तुत गरेको बजेटमा धेरै रकम भने सडक निर्माण, नाली निर्माण, सडक पेटी, कच्ची सडकलाई पक्की बनाउनेमा केन्द्रीत रहेको मेयर हरि बहादुर महतले वताउनुभयो । धेरै बजेट पूर्वाधार बिकासका लागि खर्चगर्ने तयारी रहेको उहाँले वताउनुभयो । हेटौंडा उपमहानगरपालिकाको बजेट २ अर्ब ६० करोड १५ लाख विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न साढे दुइ अर्व रुपैयाँ भन्दा बढी रकम बिनियोजन गरिएको मेयर महतले वताउनुभयो । यस मध्यमा धेरै रकम पूर्वाधार बिकासमा केन्द्रीत रहेको छ ।

उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको अध्यक्षतामा भएको नगरसभा बैठकमा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट २४ करोड ३८ लाख ७५ हजार अनुमान गरिएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३८ करोड ४१ लाख ५९ हजार ७ सय २६ रुपैयाँको बजेट नवौं गाउँ सभा मार्फत सार्वजनिक गरेको छ । यस मध्यमा धेरै रकम पूर्वाधार बिकासमा केन्द्रीत रहेको छ ।

पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले आउँदो आथिक वर्ष २०७८–७९ को लागि ६२ करोड ८३ लाख ७८ हजार ७ सय १८ रुपैयाँ ९६ पैसाको बजेट ल्याएको छ । यस मध्यमा धेरैजसो रकम पूर्वाधार विकासमा रहेको छ । मकवानपुरका एकमात्र नगरपालिका थाहा नगरपालिकाले आर्थिक वर्ष २०७८–७९ को लागि ९५ करोड ६४ लाख ३२ हजार रुपैयाको बजेट ल्याएको छ । बजेटले पूर्वाधार विकासलाई जोड दिइएको छ ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०७८–७९ को लागि ६२ करोड ९२ लाख १७ हजार ५ सय रुपैयाँ बजेट ल्याएको छ । पालिकाको सातौँ गाँउसभामा आर्थिक वर्ष २०७८–७९ को लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत भएको हो । गाउँपालिकाले विनियोजन गरेको बजेटको पुँजिगत खर्च ३२ करोड ६९ लाख ४७ हजार र चालू खर्च २७ करोड ५ लाख ६० हजार रुपैयाँ रहेको छ । धेरैजसो रकम पूर्वाधार विकासलाई जोड दिइएको गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले वताउनुभयो ।

मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८०७९ को लागि ८३ करोड ६७ लाख ४६ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले चालु र पुँजिगत कार्यक्रम तर्फ एकमुष्ट ८३ करोड ६७ लाख ४६ हजारको बजेट विनियोजन गरेको छ ।

बिगत बषहरुमा संचालन गर्दै आएको निति तथा कार्याक्रमहरुलाई निरन्तरता दिई हालको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षका कार्यक्रम थप गरी बजेट ल्याईएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । राक्सिराङ गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७८–७९ मा ५४ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो मध्यमा धेरै रकम पूर्वाधार विकासमा जोड दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*