४३ दिनपछि कोरोना जितेका तेजबहादुर भन्छन्, ‘बाँच्ने आश मरिसकेको थियो’

जनपत्र
११ असार २०७८, शुक्रबार ०६:२५

काठमाडौं गोकर्णेश्वरका ४८ वर्षीय तेजबहादुर खत्रीको अनुहारमा त्यस दिन छुट्टै खुसी थियो। उनी अक्सिजनको सहारामा थिए, तर पनि अनुहारमा मुस्कान थियो। तेज बहादुरका लागि त्यस दिनको अर्थ थियो, ४३ दिनको अस्पताल बसाईबाट घर फर्कनु।

अस्पतालको लामो बसाइपछि कोरोना जितेर बुधबार घर फर्किँदै थिए उनी। कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल भर्ना भएको बुधबार ४३ दिन पुगेको थियो। वैशाख २० गतेतिर उनलाई छाती दुख्ने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएको थियो। कोरोनाको आशंकाले उनले पीसीआर परीक्षण गराए। वैशाख २२ गते आएको रिपोर्टमा कोरोना पोजेटिभ देखियो।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिने क्रम निरन्तर उकालो लाग्दो थियो। अस्पतालमा बेड र अक्सिजन नपाएर संक्रमितको ज्यान गइरहेको खबरहरु आइरहेका थिए। रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि खड्कालाई पनि ‘के गरुँरु कसो गरुरु’ भयो। निकै आत्तिए पनि।

‘कोरोना संक्रमण देखिएका धेरै मानिसहरु मरेका छन्। अब के हुने होरु भन्ने भयो। एकदम छटपटी भयो। कता जाउँरु के गरुँ, कसो गरुँरु जस्तो पो भयो,’ आफूलाई कोरोना पोजेटिभ भएको रिपोर्ट आएपछिको अनुभव सुनाउँदै खड्काले भने।

घरमै निको हुने आशाले एक सातासम्म उनी होम आइसोलेसनमै बसे। तर, समस्या कम भएन। झनै बढ्दै गयो। यतिसम्म कि उनले रगत वान्ता गरे। ‘रगत वान्ता हुन थालेपछि भने बाँच्दिन होला भन्ने लाग्यो। अब मर्छु जस्तो भइसकेको थियो,’ खड्काले सुनाए।

परिवारका सदस्यले भने उनलाई सान्त्वना दिइरहेका हुन्थे। ‘घरका सबै जनाले तपाईंलाई केही हुँदैन। हामी छौं, तपाईंको उपचार गराउँछौं भन्थे,’ खड्का सुनाउँछन्, ‘तर पनि मलाई भने बाँच्ने आश मरिसकेको थियो ।’

होम आइसोलेसमा बसेको ६ दिनबाट दाईलाई गाह्रो हुँदै गएको उनका भाइ अविनाश केसीले बताए। दाइ श्वास फेर्न गाह्रो भएपनि उनले अस्पतालको खोजी गर्न थाले। तर, सहजै अस्पतालको आइसीयू भेटिएन। लगातार ३र४ घण्टा फोन घुमाएपछि उनले काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालको आइसीयू भेटाए।

उनले भने, ‘घर बस्दा त उहाँलाई झन् झन् गाह्रो भयो। अस्पताल खोज्नु मैले सकिन धेरै गाह्रो भयो भनेर भन्नुभयो। ४र५ घण्टा फोन घुमाउँदा बल्ल बल्ल यो अस्पताल भेटे। अनि भर्ना गरेको हो।’

अस्पताल ल्याउँदासम्म उनको फोक्सोमा निमोनिया भइसकेको थियो। अक्सिजनको मात्रा पनि घटिसकेको थियो। उनको शरीरमा अक्सिजनको मात्रा ३८ प्रतिशतसम्म घटेको थियो। ‘त्यो दिन सम्झिदा मलाई अहिले पनि छटपटी लाग्छ। श्वास फेर्न धेरै गाह्रा भएको थियो,’ उनले भने, ‘म त मर्छु नै भन्ने सोचेको थिएँ। तर अस्पतालमा भर्ना भएपछि चाहिँ बाँच्छु भन्ने लाग्यो।’

उनलाई कोभिड भेन्टिलेटरसहित आइसीयूमा मात्र १५ दिन राखियो। त्यसपछि अवस्था सामान्य हुँदै गएपनि नरमल आइसीयूमा १५ दिन अनि नरमल वार्डमा १२ दिन राखिएको थियो।

उनी हाल कोरोना मुक्त भइसके। तर, श्वासप्रश्वाससम्बन्धी समस्या भने अझै पनि छ। अरुसँग कुरा गर्दा पनि बीच बीचमा रोकिएर लामो श्वास तान्छन्। तर पनि नयाँ जीवन पाएको भन्दै कोरोना जितेकोमा खुसी छन् उनी। भन्छन्, ‘मैले नयाँ जीवन पाए। यो मेरो नयाँ जीवन हो।’

कोरोनासँग जित्न आत्मविश्वास, राम्रो उपचार र आफन्तको साथ सबैभन्दा ठूलो औषधि भएको उनी सुनाउँछन्। उनी भन्छन्, ‘अहिले हिड्न सक्दिन। अलि कमजोर छु। तर मलाई चिन्ता छैन। म विस्तारै बलियो हुँदै जान्छु। सबैभन्दा ठूलो कुरा त मैले नयाँ जीवन पाएँ। अति नै खुसी छु।’

तेज बहादुरको साथमै रहेका उनका भाई अविनाशले थपे, ‘हामीले त माया नै मारिसकेका थियौं। अस्पताल ल्याउँदासम्म त फोक्सोमा पुरै निमानिया भएको रहेछ। उपचारपछि उहाँले नयाँ जीवन पाउनुभयो। हामीले धेरै खुसी छौं।’ नेपाललाईभबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*