मनहरी गाउँपालिकाको बजेट ८३ करोड

जनपत्र
११ असार २०७८, शुक्रबार ०५:३९

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ८३ करोड ६७ लाख ४६ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष मनिला विष्टले गाउँपालिकाको ९ औं गाउँसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् ।

गाउँपालिकाले चालु र पुँजिगत कार्यक्रम तर्फ एकमुष्ट ८३ करोड ६७ लाख ४६ हजारको बजेट विनियोजन गरेको छ ।बिगत बषहरुमा संचालन गर्दै आएको निति तथा कार्याक्रमहरुलाई निरन्तरता दिई हालको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षका कार्यक्रम थप गरी बजेट ल्याईएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । गाउँपालिकाले मोती बिन्दुको बिरामीलाई अपरेसन गर्ने २ हजार, दिर्घरोगि जेष्ठ नागरिकलाई घरघर औषधी उपलब्ध गराउने र गरीब बिपन्न अशक्त नागरिकको पहिचान गरि १ हजार परिवारको निशुल्क थाहा स्वास्थ बिमा कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष उप्रेतीले बताए ।

त्यस्तै गाउँपालिकाले अपांग तथा फरक क्षमता भएका नागरिकलाई आवश्यकता अनुसार सहयोग उपलब्ध गराउने र रगतको आवश्यकता भएका बिरामीलाई पनि निःसुल्क रगत उपलब्ध गराउने कार्यायम ल्याएको छ । त्यसैगरी सरुवा रोग नियन्त्रण अस्पताल १० वटै स्थानीय तह प्रदेश सरकार जिल्ला समन्वय समिति संग सहकार्य गरि स्थापना गर्न बजेट छुट्ययाउने, रकतबाट प्लाज्मा निकाल्ने उपकरण खरीदका लागि गाउँपालिकाले आर्थिक सहयोय गर्ने र कोभिट अस्पताललाई थप ब्यबस्थित गरिने उप्रेतीले बताए ।

गाउँपालिकाले खरको छाना मुक्त तथा जनमुखी जनता आवास निर्माणलाई निरन्तरता, तरकारी निःशुल्क ढुवानी गर्न कृषि एम्बुलेन्स खरीद गर्ने, जनजाति संघ्रालय स्थापना गर्ने योजना बनाएको छ ।मनहरी ५ र ९ रजैया र मनहरी १ चकरी खोलामा पक्किपुलको डिपिआर तयार गर्ने, जग्गा नाप जाँच कार्यलाई छिटो छरीतो गरि जनतालाई जग्गाको मालिक बनाउन सकृयता पुर्बक काम गर्ने अध्यक्ष उप्रेतीले बताए । साथै ८० बर्ष पुगेका सासू ससुराको सेवा गर्ने बुहारीलाई पहिचान गरि सम्मान गर्ने उनले बताए । प्रहरखवरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*