बारामा चट्याङ लागेर एक जनाकाे ज्यान गयाे, दुई जना घाइते

बारामा बुधवार बेलुका ६ बजेको समयमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चट्याङ लागेर जितपुर सिमरा उपमहानगरपालिका–२० बसडिलवाका २८ वर्षीय विजय यादवको ज्यान गएको प्रहरी नायब उपरीक्षक ‘डीएसपी’ गौतम मिश्रले जानकारी दिनुभयो ।
त्यस्तै चट्याङ लागेर सिमराका सहमुदिन अन्सारी र शान्ति देवी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको वीरगञ्जमा उपचार भइरहेको छ ।