मकवानपुरमा हाल सम्म ३३ हजार ६८९ जनाको कोरोना परिक्षण, १० हजार ५४३ जनामा संक्रमण, १२० जनाको निधन

हेटौंडा । मकवानपुरमा कोरोनाको लहर आएसंगै परिक्षणलाई समेत तिब्रता दिइएको छ । कोरोनाको दोस्रो लहर सम्म आइपुग्दा मकवानपुर जिल्लामा ३३ हजार ६ सय ८९ जनाको पीसीआर र एन्टीजेन परिक्षण गरिएको छ ।
हाल सम्म परिक्षण गरिएका मध्यमा १० हजार ५ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कोरोनाका कारण थलिएका एक सय २० जना संक्रमितको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पहिले कोरोनाको संक्रमण धेरै भएपनि अहिले भने घट्दै गएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा कोरोना संक्रमित धेरै जना देखापरेका छन् । जिल्लाको अरु नौ वटा स्थानीय तहमा भने कोरोना संक्रमण हेटौंडाको तुलनामा कम रहेको छ । कोरोना संक्रमण दर घटेसंगै मकवानपुरमा निषेधाज्ञा निकै खुकुलो बनाइएको छ ।