मकवानपुरमा थप तीन जना कोरोना संक्रमतिको मृत्यु, १२० जनामा संक्रमण पुष्टि

जनपत्र
८ असार २०७८, मंगलवार १७:०७

हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप ३ जनाको मृत्यु भएको छ । कोरोना पुष्टि भएर हेटौंडा अस्पतालमा उपचारको क्रममा उनिहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा हेटौंडा–२ की ४६ वर्षीया महिला, हेटौंडा–१२ का ६४ वर्षीय पुरुष र भीमफेदी–३ का ३६ वर्षीय पुरुष रहेका छन् । मृत्यु हुने हेटौंडा २ की ४६ वर्षीया महिलामा जेठ २३ गते कोरोना पुष्टि भएको र उनलाई उपचारको लागि जेठ २६ गते हेटौंडा अस्पताल भर्ना गरिएको थियो । उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

यसैगरि मृत्यु हुने हेटौंडा १२ का ६४ वर्षीय पुरुषमा जेठ २२ गते कोरोना पुष्टि भएको र उपचारको लागि जेठ २३ गते हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । उनको यपचारको क्रममा आज बिहान मृत्यु भएको हो । यसैगरि मृत्यु हुनेमा भीमफेदी गाउँपालिका वडा नंबर ३ का ३६ वर्षीय पुरुष रहेका छन् ।

पुरुषलाई जेठ २१ गते कोरोना संक्रमण पुष्टि भएको र जेठ २५ गते उपचारको लागि हेटौंडा अस्पताल भर्ना गरिएको थियो । उनको गएराति ७ बजे उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै जिल्लामा जिल्ला भित्रका मृत्यु हुनेको संख्या १ सय २० जना पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । मंगलबार मकवानपुरमा कोरोना जित्ने भन्दा कोरोना संक्रमितको संख्यामा बृद्धि भएको छ। मंगलबार ११३ कोरोना मुक्त हुदा१२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार ९४ जनाको पीसीआर परिक्षणबाट ४३ जनामा र १८२ जनाको एन्टीजेन परिक्षणबाट ७७ जना गरी १२० जनामा कोरोना पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र एन्टिजेन विधिबाट २७६ जनामा कोरोना जाँच गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*