मकवानपुर कोरिया मञ्चद्वारा राक्सीराङको कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

जनपत्र
८ असार २०७८, मंगलवार १६:१६

मकवानपुर/मकवानपुर कोरिया मञ्चद्वारा राक्सिराङ गाउँपालिकाको कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

रोजगारको शिलसिलामा दक्षिण कोरियामा पुगेका मकवानपुरका युवाहरुको सक्रियतामा स्थापित मकवानपुर कोरिया मञ्चको आर्थिक सहयोग तथा बस्तिपुर जेसिजको समन्वयमा राक्सीराङमा रहेको कोभीड–१९ अस्पताललाई २ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

मञ्चले अस्पताललाई १ थान वाशिंग मसीन, बेड साइड राउण्ड चेयर ५ थान, पेसिएन्ट ट्रली १ थान, बेड साइड लकर १० थान, राउण्ड ड्रेसिंग ट्रली २ थान, रियूजÞएवल पीपीई ३० थान, सर्जिकल मास्क १७५० पिस, सेनिटाइजर २५ लिटर, सर्जिकल ग्लोव्स २५० पिस र फेस शिल्ड ३० थान प्रदान गरेको हो ।

माननीय सन्त चेपाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राक्सीराङ गाउँपालिकाको अध्यक्ष राजकुमार मल्ल, मञ्चका पूर्ब अध्यक्षहरु राज तामाङ गोले, दुर्गा प्रसाद दहाल र रमेश उप्रेती, बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको संस्थापक अध्यक्ष किशोर ब्लोन नियोग लगायतको उपस्थितीमा रहेको थियो ।

सहयोग अभियान अन्तरगत मञ्चले यस अघि मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल, गढी गाउँपालिका तथा कैलाश गाउँपालिकालाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । यस अभियानको संयोजन मकवानपुर कोरिया मञ्चका अध्यक्ष सुर्य रुम्बाले गरिरहनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*