मकवानपुरमा निषेधाज्ञाः हेटौंडाका पसलहरु खुले, सवारी चल्न थाले, तर किसानको तरकारी बिक्रीमा रोक

जनपत्र
८ असार २०७८, मंगलवार ०७:२९

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट थप गरेको निषेधाज्ञा अरु बेलाको जस्तो होइन । निकै खुकुलो बनाइएको छ । पसलहरु प्राय खुलेका छन् । होटलहरु लुकीछीपी चलेका छन् । सवारीका साधन गुढ्न थालेका छन् । तर, मकवानपुरका किसानले उत्पादन गरेको तरकारी बिक्रीमा रोक लगाइएको छ ।

प्रशासनको निर्णयमा हेटौंडाको बसपार्क र खोपेगल्लीको तरकारी पसल खोल्न नपाइने निर्णय गरिएको छ । हेटौंडाका अधिकांश पसलहरु बिहान र दिउसो पालै पालोसंग चल्न थालेका छन् । तर आजबाट लागू हुनेगरी स्थानीय प्रशासनले निषेधाज्ञा एक साता थप गरेको छ । किसानले उत्पादन गरेको तरकारी बिक्री गर्ने स्थान बसपार्क र खोपेगल्ली वन्दा हुँदा समस्या परेको बसपार्कमा तरकारी बिक्री गर्दै आउनुभएकी सन्तोषी बर्तौला वताउनुहुन्छ ।  स्थानीय प्रशासनले पक्षपात गर्न नहुने उहाँको तर्क छ ।

स्थानीय प्रशासनले निषेधाज्ञामा पनि पहुँचवाला व्यापारीका पसल खोल्न दिने तर, बोल्न नसक्ने किसानले उत्पादन गरेको तरकारी बिक्री गर्ने पसलहरु बन्द गरेकोले समस्या भएको किसानहरु वताउँछन् । सवारीका साधन पनि जोर बिजोर गरेर सञ्चालन गर्न दिनु तर, निषेधाज्ञा भने एक साता थप गर्ने मकवानपुर प्रशासनले निर्णय गरेको छ । पसलहरु खुल्ने, गाडीहरु चल्ने गरी फेरी पनि निषेधाज्ञा थप गरिनु हास्यासपद भएको यहाँका वासिन्दाहरु वताउँछन् ।

आजबाट सबैजसो पसल खुल्ने, सवारीका साधनहरु चल्ने हुँदा भीड बढ्न थालेको छ । यो समयमा निषेधाज्ञा गर्नुको कुनै अर्थ नरहेको प्रतक्षदर्सीहरु वताउँछन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले जारी निषेधाज्ञा अझै एक हप्ता थप गर्ने निर्णय गरेको हो । बैठकले असार ७ गते राति १२ बजेदेखि असार १४ गतेसम्म लागू हुने गरी उक्त निर्णय गरेको हो ।

बैठकले फलफुल, खाद्यान्न र तरकारी पसल बिहान ४ बजेदेखि १० बजेसम्म र हाड्वयेर, कपडा, जुत्ता र कस्मेटिक पसल दिउँसो १२ बजेदेखि ४ बजेसम्म खुलाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

साथै बैठकले होटल र रेस्टुडेन्टबाट होम डेलिबडी गर्न मात्रै पाइने र नीजि क्षेत्रबाट संचालित अटो, मयुरी, कार, जीप र मोटरसाईकललाई जोर–विजोर प्रणाली अनुसार संचालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिनुभयो । तर, बसपार्क र खोपेगल्लीका तरकारी पसलमा बढी भीड हुने भएकाले बिक्रीमा रोक लगाइएको उहाँले वताउनुभयो ।

No photo description available.

No photo description available.

 

 

Leave a reply

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*