सक्रियता बढाउँदै निधि, भेटे युवा नेता

जनपत्र
८ असार २०७८, मंगलवार ०७:१२

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले भदौमा हुने पार्टीको १४ औं महाधिवेशनमा सभापति उठ्न सक्रियता बढाएका छन्। निधिले सोमबार महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग निवासमै र प्रभावशाली मानिएका युवा नेताहरूसँग बत्तिसपुतलीमा अपरान्ह संवाद गर्दै थप सक्रियता बढाएका छन्।

गुरूराज घिमिरे, धनराज गुरूङ, चन्द्र भण्डारी, बद्री पाण्डे, गगन थापा, जीवन परियार, दीपक गिरी, सरिता प्रसाईं, प्रदीप पौडेललगायत नेतासँग उपसभापति निधिले भेटेर महाधिवेशनबारे छलफल गरेका छन्। िगत शनिबार सभापति शेरबहादुर देउवासँग भेटेर निधिले आफूलाई सभापतिमा समर्थन गर्न आग्रह गरेका थिए। तर देउवाले एक कार्यकाल अझै आफैँ सभापति उठ्ने जवाफ दिएपछि निधिले पनि आफ्नो तर्फबाट थप सक्रियता बढाएका छन्।

महाधिवेशनसम्मै सहकार्य गरेर जाने विषयमा नेताहरूसँग छलफल भएको निधिको सचिवालय स्रोतले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*