नेपाल पक्ष नयाँ दल घोषणाको तयारीमा, कलम वा गोलाकार भित्रको अर्ध चन्द्रमा निर्वाचन चिन्ह

जनपत्र
८ असार २०७८, मंगलवार ०७:११

नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल समूहले प्रतिनिधिसभा विघटन बारे सर्वोच्च अदालतको निर्णय आए लगत्तै नयाँ दल घोषणा गर्ने तयारी गरेको छ । नयाँदलका आफूहरु निकट व्यक्तिका नाममा तीन ओटा दल दर्ताका लागि आयोगमा निवेदन पेश भएको छ । नेपाल समूहका एक नेताका अनुसार केही दिन अघि दीक्षा ज्ञावलीको नाममा पनि नयाँ दल नेकपा लोकतान्त्रिक राख्दै दर्ताका लागि निवेदन दिइएको छ ।

जीवन राईको नेतृत्वमा यसअघि पनि एकीकृत नेकपा नामको दल आयोगमा दर्ताका लागि निवेदन दिइ सकिएको छ । नेकपा लोकतान्त्रिकको चुनाव चिन्हका लागि गोलाकार भित्रको अर्ध चन्द्रमा माग गरिएको छ । यसअघि पेश भएको एकीकृत नेकपाले भने कलम चिन्ह माग गरेको थियो । दुबै दलको विधान नेता भीम रावलले तयार गरेको जानकारी दिँदै ती नेताले भने, अब जो जो साथीहरु आउँछन् उनीहरुलाई लिएर अघि बढ्ने हो, ढुलमुले साथीहरु प्रति पनि विश्वास रहेन ।

विघटित प्रतिनिधिसभाका २८ मध्ये १५ देखि १८ सांसदहरु आफूहरुको पक्षमा रहने जानकारी दिँदै ती नेताले भने, कर्णालीको विषयलाई लिएर माधव कुमार नेपालको दृष्टिकोण त्यही अनुसार सार्वजनिक भएको हो । ती नेताका अनुसार नयाँ दल घोषणा सर्वोच्च अदालतको आदेशलाई कुर्ने कि अगाडि नै गर्ने भन्ने बारेमा सोमबार भएको नेपाल पक्षका नेताहरुले छलफलमा अदालतको निर्णयलाई कुर्ने सहमति बनेको छ ।

छलफलमा सहभागी ती नेताले अगाडि भने, कलम चिन्ह सहज हुने भएका कारण सम्भवतः नयाँ दलको निर्वाचन चिन्ह कलम नै हुन्छ होला । ती नेताका अनुसार अब नेकपा एमालेमा रहने सम्भाबना सकियो, अध्यक्ष ओलीबाट पनि थुप्रै कमजोरी भयो, नेपालबाट पनि केही कमजोरी भयो तर तत्कालीन कमजोरी भन्दा पनि नवौं महाधिवेशनदेखि उहाँहरु बीच बढेको दुरी घट्न नसक्दा एमाले फेरि विभाजनको अवस्थामा पुग्यो ।

पछिल्लो पटक दुबै पक्षका दोस्रो पुस्ताका नेताहरुबीच कार्यदललाई सक्रिय बनाएर पार्टीलाई एकढिक्का बनाउने प्रयत्न भएपनि त्यसले मुर्तरुप लिन सकेको छैन । न्युजपोलरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*