कित्ता क्लियर गर्न नेपाल समूहलाई ओली समूहको चेतावनी

जनपत्र
८ असार २०७८, मंगलवार ०७:०३

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कर्णालीका चार सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध पुनरावेदन ९भ्याकेट० को निवेदन दिर्ता गराए । सर्वोच्चले महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नमिल्ने आदेश दिएपछि नेकपा एमालेमा तरंग पैदा भएको छ ।

उक्त निवेदनपछि वरिष्ठ नेता झलनाथ खनाल– माधवकुमार नेपाल समूहका नेताहरु एकताको हल्ला गरेर एक हुने अवस्था नरहेको निष्कर्षमा पुगेका छन् । खनाल–नेपाल समूह २०७५ जेठ २ को आसपासमा फर्किए एकता हुने बताउँदै आएको छ । ओलीले आयोजक कमिटी सदर गर्नुपर्ने भन्दै निवेदन दिएपछि एकता नचाहेको प्रष्ट भएको खनाल–नेपाल समूहका नेता वेदुराम भुसाल बताउँछन् ।

“अदालतको फैसला नमानेर भ्याकेटमा जाने अनि कसरी कुरा मिल्छ रु मिल्ने भनेर बाहिर गरिएको प्रचारमात्रै हो । सबै कारबाही फिर्ता गर्नुपर्छ अनि कारबाही सदर गर्नका निम्ति अदालत गएपछि कसरी मिल्छ रु भ्याकेटमा जाने भनेको त नमिल्ने बाटोमा गएको हो,” उनको भनाइ छ । ओली समूहले पार्टी एकता र भ्याकेट सम्बन्धित नभएको दाबी गर्दै आएको छ । नेता सुवास नेम्वाङले दुई विषय फरक भएको बताउँदै आएका छन् । तर, भुसाल उनको कुरामा सहमत छैनन् ।

“आयोजक कमिटी सदर गर्नुपर्छ भनेपछि कसरी जोडिँदैन रु आयोजक कमिटी राखेर एकता कसरी हुन्छ र रु भ्याकेटको निवेदनमा आयोजक कमिटी भनेको केन्द्रीय कमिटीको रुपान्तरण हो । त्यसले गरेका निर्णय कार्यान्वयन हुनुपर्छ भनेर अदालत गइसकेपछि एकता कसरी हुन्छ रु जेठ २ मा फर्कदा कहाँ आयोजक कमिटी हुन्छ रु त्यो एकता नगर्ने कुरा हो,”उनले भने । उनले एकताका विषयमा कुनै संवाद नभएको पनि बताए । उता, ओली पक्षीय नेता सत्यनारायण मण्डल खनाल–नेपाल समूहले नै एकता नचाहेको दाबी गर्छन् ।

“पार्टी एकता नचाहेको त माधव नेपालले नै हो । एकता चाहेको भए महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी ओलीलाई साधारण सदस्यसमेत नरहेनेगरी कारबाही गर्थे र रु उनी १५ वर्ष नेतृत्वमा रहँदा कसैले केही ग¥यो रु भलनाथ खनालले पनि पार्टीको नेतृत्व गरे । दिल्ली जानुअघिको विज्ञप्तिमा जुनुुसुकै हालतमा पार्टी एकता गर्नुपर्छ भनेका कुरा पहिल्यै किन सोचेनन् रु अनि ओलीलाई मात्रै दोष रु,” मण्डलको प्रश्न छ ।

पार्टी एकता चाहेको भए कांग्रेसका सभापति शेरबहादुर देउावालाई प्रधानमन्त्री बनाउन उक्त समूहले हस्ताक्षर नगर्ने उनको भनाइ छ । खनाल–नेपाल समूह संसद् विघटन र देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरेको हस्ताक्षर फिर्ता नलिने अडानमा छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आज बिहान एपी वान टेलिभिजनमा भएको संवादमा अदालतमा संसद् विघटनको बहस सुरु हुनुअगावै पार्टी एक नभए दुई ध्रुवमा परिणत हुने टिप्पणी गरेका छन् । उनका अनुसार खनाल–नेपाल समूहलाई दुई दिनको समय छ । पार्टी एकताका लागि भन्दै दोस्रो पुस्ताका नेताहरुले संवाद गरिरहेका छन् ।

एकताका लागि बनाइएको कार्यदलसहितका केही नेताहरुले संवाद गरिरहेका छन् । तर कुनै निष्कर्षमा पुगि नसकिएको खनाल–नेपाल समूहका नेता सुरेन्द्र पाण्डे बताउँछन् । “अहिले केही भइसकेको छैन । परिपक्व भएको छैन,”उनले भने ।पार्टी एकताका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ६ बुँदे प्रस्तावसहित एकताका लागि आह्वान गरेका थिए । उनको प्रस्ताव एकता गर्ने खालको नभएको भन्दै खनाल–नेपाल समूहले ६ बुँदेमै जवाफ फर्काइसकेको छ ।

ओलीले आफू जेठ २ मा फर्कन तयार तर अदालतमा गरिएको हस्ताक्षर फिर्ता लिनुपर्नेशर्त तेर्साएको छन् । सोहीकारण एकता सम्भव नभएको नेताहरु बताउँछन् । त्यसैगरी ओलीले आइतबार दिएको भ्याकेट निवेदनले एकताको वातावरण बिग्रिएको नेताहरुको भनाइ छ । बाह्रखरीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*