चितवनको सौराहा नजिक सामुदायिक होमस्टेको आनन्द

हेटौंडा । चितवनको सौराहा नजिकका होमस्टेले पर्यटकको आकषर्ण वन्न थालेका छन् । सौराहाका ठुला होटल मात्र होइन । यहाँका होमस्टेमा पनि पर्यटकको आकर्षण बनेको छ । होमस्टेमा गाउँघरमा जस्तैगरी स्वागत सत्कार हुने, बसाइ पनि त्यस्तै अनी खाना पनि गाउँकै जस्तैगरी खान पाइने भएपनि होमस्टेको आनन्द लिन आउनेहरु धेरै छन् ।
सांराहाका ठुला होटल संगै होमस्टेलाई प्राथमिकतामा राखेर आउनेहरु बढेको होमस्टेका संचालकहरु वताउँछन् । चितवनको सौराहाबाट करिब ६ किलोमिटर पूर्वमा रहेको कठार, खैरहनी नगरपालिका–१० स्थित कठार गाउँमा आदिवासी समुदायको प्रयासमा ‘सामुदायिक होमस्टे’ सञ्चालन गरिएको छ । पर्यटकीय क्षेत्रका रूपमा विकास भएको कुमरोजसँग जोडिएको छ ।
सामुदायिक होमस्टे कठारका अध्यक्ष रामेश्वर चौधरीले दराई, मुसहर, तामाङ र गुरुङको संयुक्त प्रयासमा १५ वटा सामुदायिक होमस्टे सञ्चालन गरिएको जानकारी दिए । समुदायको आफ्नै लगानीमा सञ्चालित होमस्टेमा स्थानीयवासीलाई समेत शेयर वितरण गरिएको छ ।
अहिले सो क्षेत्रमा १५ घरमा होमस्टे चलाइएको र यहाँ दैनिक ३० जना पर्यटक बस्न मिल्ने क्षमता छ । पर्यटकलाई घरेलु वातावरणमा बस्न र स्थानीय समुदायको मौलिक खानाका स्वादहरू उपलब्ध हुने अध्यक्ष चौधरीले बताए ।
यो वर्ष खैरहनी नगरपालिकाले रु पाँच लाख सहयोग गरेकाले सो रकमबात थप तीनवटा होमस्टे निर्माण गर्ने योजना रहेको छ ।
राप्ती नदी र चितवन निकुञ्जको छेवैमा रहेकाले सो क्षेत्रमा आएका पर्यटकले वन्यजन्तु अवलोकन गर्ने सक्नेछन् । जिप र हात्ती सफारी गरेर मजा लिन सक्नेछन् । मचान र टावरमा बसेर वन्यजन्तु अवालोकन गर्ने व्यवस्थासमेत यहाँ छ ।
पर्यटक लोभाउदै अयोध्यापुरी सामुदायिक होमस्टे
चितवन राष्ट्रिय निकुञ्जमा संरक्षणमा स्थानियलाई अग्रसर गराउन होमस्टे प्रभावकारी देखिएको छ । मानव र वन्यजन्तुको द्धन्द्ध कम निकुञ्जको चितवनको माडीमा पर्ने शिवद्धार होमस्टे सबैभन्दा बढी प्रभावकारी देखिएको हो । पुन मगरहरुको कला र संस्कृतिलाई संरक्षण गर्ने हेतुले चितवनको माडी उपत्यकामा सञ्चालनमा आएको होमस्टेमा पर्यटकहरु आकर्षित हुने क्रम बढ्दो छ ।
बजारको भिडभाड भन्दा टाढा प्राकृतिक रमणीय वातावरणमा रहेको होमस्टेमा बस्न पाउँदा पर्यटकहरु समेत खुसी हुने गरेका छन् । चितवनको माडी उपत्यकाको शिवद्वारमा स्थापना गरिएको सामुदायिक होमस्टेले पुन मगहरुको कला र संस्कृति प्रदर्शन गर्दै पर्यटकहरुको मन जित्ने गरेको छ । होमस्टे सञ्चालनका कारण आर्थिक अवस्थामा सुधार आउँदा खुसी हुँदै पुन मगरहरु माडीलाई नमुना बनाउने भन्दै लागिपरेको बताउँछन् होमस्टे सञ्चालक ठिलबहादुर पुन मगर ।
शहरी कोलाहालबाट दिक्क भएका मानिसहरुको लागि शान्त वातावरणमा बस्दै प्राकृतिक सौन्दर्यता अवलोकनको लागि होमस्टे प्रभावकारी हुँदै आएको छ । माडीमा ठूला होटलहरु नहुँदा पर्यटकहरु बस्नको लागि समेत शिवद्वारमा स्थापना भएको अयोध्यापुरी सामुदायिक होमस्टे रोजाइमा पर्ने गरेको भरतपुरबाट घुम्न माडी पुगेका दामोदर बराल बताउँछन् ।
पछिल्लो समय चितवनका विभिन्न पर्यटकीय क्षेत्रहरुलाई लक्षित गर्दै सामुदायिक होमस्टेहरु खुल्ने क्रम बढ्दै गएको छ । होमस्टेले स्थानीय स्रोत र साधनको परिचालन गर्दै युवाहरुलाई स्वरोजगार समेत बनाउने भएकोले युवाहरुलाई विदेशीनबाट समेत रोकेको छ । होमस्टेबाट बार्षिक ५० लाख रुपैयाँ आम्दानी
ताल कार्यक्रमले संरक्षणको क्षेत्रमा स्थानीय समुदायलाई सहभागी गराउन विभिन्न कामहरु गर्दै आएको छ । चितवन राष्ट्रिय निकुञ्जमा संरक्षित वन्यजन्तुहरु रहने र यसको मध्यवर्ती क्षेत्रमा त्यहाँका जीवजन्तुहरु गएर किसानलाई दुख दिने गरेकोले त्यसको रोकथाम तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको लागि काम भइरहेको तालका प्रतिनिधि प्रेम पौडेलले बताए ।
उपचार विधि र निवारण विधबाट मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणको काम भइरहेको पौडेलको भनाइ थियो । तालले नेपालभरी १६ स्थानमा होमस्टे सञ्चालनमा सहयोग गरेको उल्लेख गर्दै पौडेलले चितवन र नवलपरासीमा मात्रै छ वटा होमस्टे सञ्चालनमा आएका जानकारी दिए ।
चितवनको कठारमा होमस्टे निर्माणको काम भइरहेको भएपनि अन्य पाँच वटा होमस्टेबाट पर्यटकहरुलाई सेवा प्रदान भइरहेको छ ।
पाँच ठाउँका ७४ वटा होमस्टेमा एक सय ४८ वटा कोठा र दुई सय ९८ जना पर्यटक अटाउने क्षमता रहेको पौडेलले जानकारी दिए ।
तालको आर्थिक सहयोगमा सञ्चालित होमस्टेमध्ये सबैभन्दा सफल होमस्टेको रुपमा नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर १५ मा रहेको अमलटारी होमस्टे रहेको छ । यहाँ वर्षेनि आठदेखि ११ हजार जनासम्म आन्तरिक तथा वाह्य पर्यटक आउने तथा करिब ४० देखि ५० लाख रुपैयाँ आम्दानी हुने गरेको छ ।