हेटौंडामा पशुबधलाई ब्यबस्थित बनाइदै

जनपत्र
१७ बैशाख २०७६, मंगलवार १९:५१

हेटौंडा / हेटौंडा उपमहानगरपालिका स्तरको पशुबधसाला ब्याबस्थापन गर्न समिति गठन गरिएको छ । पशुबध गर्ने कामलाई ब्यबस्थित गर्ने उदेस्यले आज समिति गठन गरिएको हो । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको संरक्षकत्वमा उपप्रमुख मिना लामा संयोजक रहेको समिति गठन गरिएको छ । यो समितिले हेटौंडा बजार क्षेत्रमा दुर्घन्ध फैलनेगरी रागा, भैसी, खसी, कुखुरा बध गर्ने कामलाई अब औद्योगिक क्षेत्रमा लग्ने तयारी गरिएको छ ।

हेटौंडा औद्योगिक क्षेत्रको पशु बध गर्ने गरिएको बन्द उद्योग परिषरमा लगेर पशुबध गरेर बिक्री गर्ने तयारी गरिएको हो । औद्योगिक क्षेत्रमा लगेर पशुबध गरेमा बजार क्षेत्रमा बिक्री मात्र गर्ने तयारी छ । समितिका सदस्यहरुमा हेटौंडा २ का वडाअध्यक्ष हरि राउत, सदस्य महेस्वरमान श्रेष्ट, हेटौंडा ४ का वडाअध्यक्ष नबिन सिग्देल, हेटौंडा १० का वडाअध्यक्ष किताबसिंह लामा लगायत माछामासु संग सम्बन्धीत संघसंस्थाका प्रतिनिधिहरु रहन ुभएको छ । यो समितिले माछामासुको मुल्य निर्धारण, माछामासु क्षेत्रमा परेका समस्या समाधान गर्ने काम संगै मासु बजारलाई ब्यबस्थित बनाउने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*