को हुन् कुटपिटको आरोपमा पक्राउ परेकी ज्वाला ?

कुटपिट गरेको आरोपमा ज्वाला संग्रौलासहित तीनजना पक्राउ परेका छन् । आफूलाई अभियन्ता बताउने संग्रौलासहित शर्मिला बाइला र हिमाल उपाध्ययलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।
खुश्बु सिंहले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप पनि संग्रौलामाथि रहेको छ ।
ज्वालाको वास्तविक नाम टीका संग्रौला हो । ज्वालाले आफूलाई नागरिक अभियन्ता बताउने गरेकी छन् । उनले नेपाल प्रहरीका असई मणिकान्त झालाई रंगभेदी अभिव्यक्ति दिएपछि विवादमा तानिएकी थिइन् । लाइसेन्स मागेका प्रहरीलाई उनले रंगभेदी व्यवहार गरेको भन्दै आलोचित बनेकी थिइन् । बाह्रखरीबाट