हेटौंडाका अधिकांश पसल खुल्ने, सवारीका साधन चल्ने तर, निषेधाज्ञा एक साता थप

जनपत्र
६ असार २०७८, आईतवार २०:२८

हेटौंडा । हेटौंडाका अधिकांश पसलहरु बिहान र दिउसो पालै पालोसंग चल्न पाउने गरी स्थानीय प्रशासनले निषेधाज्ञा थप गरेको छ । सवारीका साधन पनि जोर बिजोर गरेर सञ्चालन गर्न दिने तर, निषेधाज्ञा भने एक साता थप गर्ने मकवानपुर प्रशासनले निर्णय गरेको छ । पसलहरु खुल्ने, गाडीहरु चल्ने गरी फेरी पनि निषेधाज्ञा थप गरिनु हास्यासपद भएको यहाँका वासिन्दाहरु वताउँछन् ।

अहिले बिहान ११ बजे सम्म तोकिएका पसलहरु मात्र चल्ने भनेर निषेधाज्ञा हुँदाको समयमा पनि सबैजसो पसल खुल्ने, सवारीका साधनहरुको भीड हुने गरेको छ । भोली देखिबाट झनै खुकुलो वनाउँदा निषेधाज्ञा गर्नुको कुनै अर्थ छैन ।

आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले जारी निषेधाज्ञा अझै एक हप्ता थप गर्ने निर्णय गरेको हो । बैठकले असार ७ गते राति १२ बजेदेखि असार १४ गतेसम्म लागू हुने गरी उक्त निर्णय गरेको हो ।

बैठकले फलफुल, खाद्यान्न र तरकारी पसल बिहान ४ बजेदेखि १० बजेसम्म र हाड्वयेर, कपडा, जुत्ता र कस्मेटिक पसल दिउँसो १२ बजेदेखि ४ बजेसम्म खुलाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

साथै बैठकले होटल र रेस्टुडेन्टबाट होम डेलिबडी गर्न मात्रै पाइने र नीजि क्षेत्रबाट संचालित अटो, मयुरी, कार, जीप र मोटरसाईकललाई जोर–विजोर प्रणाली अनुसार संचालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिनुभयो ।

उनका अनुसार, बैठकले हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ खोपेगल्ली र हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० बर्सपार्कमा रहेको तरकारी पसललाई हाल संचालनमा नल्याउने भएको छ ।

No photo description available.

No photo description available.

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*