हेटौंडाका निजी बिद्यालयहरु बिद्यार्थीलाई शुल्क बृदी गर्दै, ज्ञापन पत्र पनि बुझाउँदै

हेटौंडा । हेटौंडाका निजी बिद्यालयहरुले अभिभाबको ढाड सेक्नेगरी बिद्यार्थीको भर्ना र मासिक शुल्क बृद्धी गरेपछी अहिले फेरी आफै साचिलो बन्नका लागि हेटौंडा उपमहनागरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मकवानपुरले हेटौंडा उपमहानगरपालिकाका मेयर हरीबहादुर महतलाई ज्ञापनपज्ञ बुझाएका हुन् ।
बिद्यार्थी संग चर्को शुल्क पनि असुल गर्ने र हेटौंडा उपमहानगरपालिकाले शैक्षिक शुल्क बृद्धि नगर्नु भनी सूचना जारी गरेपछी ज्ञापनपत्र बुझाएका हुन् । मेयर महतको अध्यक्षतामा यसअघि निजी बिद्यालयमा शुल्क बृद्धी नगर्न कार्यपालिकाको बैठकले निणय गरेको छ । तर निजी बिद्यालयले भर्ना शुल्क र मासिक शुल्क बृद्धी गरेर लिन थालिसकेका छन् । उल्टै स्थानीय सरकारलाई चुनौती दिदै ज्ञापनपत्र समेत बुझाउन भ्याएका छन् । प्याब्सन मकवानपुरका अध्यक्ष अनिल पाण्ठे र नगर अध्यक्ष राम कुमार नहर्कीले मेयर महतलाई ज्ञापनपत्र बुझाएका हुन् ।
प्याब्सनले छिट्टै छलफल गरी शैक्षिक शुल्क निर्धारण गरिदिन मेयर महतलाई आग्रह समेत गरेका छन् । केहीदिन अघि निजी विद्यालयले चर्को शैक्षिक शुल्क लिएको भन्दै मकवानपुरका संचार माध्ययमहरुमा समाचार प्रकाशन प्रसारण भएपछि नगरपालिकाले निजी विद्यालयलाई शुल्क बृद्धी नगर्न निर्णय गरेको थियो । त्यसपछी अतालिदै निजी बिद्यालयका संचालकहरु उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाउन पुगेका हुन् ।