अधिकृतलाई गोली हान्ने धम्की दिँदै चन्दा माग्ने कार्यालय सहयोगी पक्राउ

जनपत्र
३ असार २०७८, बिहीबार ०६:४२

बारामा प्रमुख प्रशासकीय अधिकृतलाई गोली हान्ने धम्की दिएर चन्दा मागेको आरोपमा प्रहरीले एकजना कार्यालय सहयोगीलाई पक्राउ गरेको छ । सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई धम्की दिएर चन्दा मागेको आरोपमा सोहि गाउँपालिकामा करारमा कार्यरत कार्यालय सहयोगी मुकेश प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

कार्यालय सहयोगी यादवले अधिकृत श्रीवास्तवलाई फोनबाट १५ लाख रूपैयाँ एक घण्टाभित्र नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिएका छन् । प्रवक्ता मिश्रका अनुसार फिरौती माग गरेको अडियो सहितको सूचना प्राप्त हुनासाथ तत्काल अनुसन्धान टोली गठन गरी सेवा प्रदायक कम्पनी समेतसँग प्राविधिक सहयोग लिएर अनुसन्धान गर्दा यादव दोषी भएको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको हो । यादवलाई सप्रमाण पक्राउ गरी नियन्त्रणमा राखेर आपराधिक लाभ मुद्दामा थप अनुसन्धान भइरहेको प्रवक्ता मिश्रले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*