स्विजरल्यान्डलाई हराउँदै इटली युरो कपको नकआउट चरणमा

जनपत्र
३ असार २०७८, बिहीबार ०६:३१

स्विजरल्यान्डलाई हराउँदै इटली युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। गएराति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्यान्डलाई ३–० गोलले पराजित गर्दै इटली नकआउट चरणमा प्रवेश गरेको हो । इटलीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई र सिरो इमोबाइलले एक गोल गरे ।

जितसँगै इटलीले लगातार १० खेलमा जित निकाल्न सफल भएको छ । ६ अङ्क जोड्दै इटली समूहको शीर्ष स्थानमा रहेको छ । समूहको तेस्रो स्थानमा रहेको स्विजरल्यान्डको यो पहिलो हार हो । स्विजरल्यान्डले दुई खेलमा एक अङ्क जोडेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*