ग्रामिण सडकका इन्जिनियर एक्साभेटर चालक, घरै पुर्ने गरी सडक

हेटौंडा / हिउँदयाम सुरु भए लगतै मकवानपुरका गाउँ– गाउँमा नयाँ सडक निर्माण गर्नका लागि ट्रयाक खोल्ने काम भईरहेको छ । मकवानपुरका दश वटै स्थानीय तहमा सडक निर्माणका लागि एक सय भन्दा बडी एक्साभेटरले सडक खन्ने काम गरिरहेका छन् ।
स्थानीय तहका जनप्रतिनिधिहरुका लागि बिकाश भनेकोनै सडक निर्माण गर्ने र पुर्बाधारको बिकाश गर्ने भन्ने सोच अहिले पनि छ । यता स्थानीय नागरिक र उपभोक्ता समितिका माग पनि सडक निर्माणको बडीनै आउने गरेको छ । सबै सडक निर्माण गर्दा प्राबिधिक पुग्न भ्याउँदैनन् । प्राबिधिक बिनानै एक्साभेटरका चालकनै इन्जिनियर बनेर सडक निर्माण गर्ने बषौ देखिको चलन अहिले पनि कायमै छ ।
ग्रमिण क्षेत्रमा बिकाशको पहिलो आधार भनेको सडक निर्माण गर्दा कुनै सोच बिचारनै नगरिकन, घर माथीबाट हिउँदमा समेत पहिरो लडाएर र घर भन्दा मुनी समेत जोखिम बनाएर सडक निर्माण गर्ने चलन छ । अहिले हिउँदमा खोलीएका सडकनै बर्षायाममा पहिरोको उच्च जोखिम रहेको प्राबिधिकहरु बताउँछन् । गाउँका जनप्रतिनिधिहरु सडक, पानी, बिजुली गाउ र टोल टोलमा पुरयाउनका लागि लागि परेका छन् । तर माथी डाँडाको बस्ति भने सुबिधा खोज्दै बेसी झर्ने क्रम बडीरहेको छ ।
अहिले मकवानपुरको भिमफेदी गाउँपालिका वडानम्बर ९ गैरी भन्ज्याङमा नयाँ सडक निर्माणका लागि ट्रयाक खोल्ने काम भईरहेको छ । घरभन्दा सिधै माथीबाट सडक खोलीएको छ । बर्षा याम नआउँदै घर पहिरोले पुर्ने संभाबना रहेकोमा स्थानीय वासिन्दाहरु चिन्तत भएका छन् । सडक खनिरहदा भिमफेदी गाउँपालिकाका प्राबिधिक थिएनन् । गैरी भन्ज्याङमा एक्साभेटर चालकलाई स्थानीय वासिन्दाहरुले यसरी सडक खन्नुपर्छ भनेर सिकाउँदै थिए ।
गाउँपालिकाको लगानीमा सडक निर्माण हुँदै गरेको स्थानीय शिक्षक रमेश रुम्बा बताउनुहुन्छ । यो सडक बन्दा धेरै नागरिकले सुबिधा पाउनेमा उनिहरु बिस्वस्त छन् । तर, सडक सुबिधा भन्दा पनि बर्षा याममा दसा बनेर आउन सक्ने भएकाले बेलैमा ध्यान दिनुपर्ने प्राबिधिकहरु बताउँछन् ।
गैरी भन्ज्याङमा प्राबिधिक बिना सडक निर्माण गर्नुत उदाहरण मात्रै हो । मकवानपुरका दश वटै स्थानीय तहमा ग्रामिण सडक निर्माण गर्दा यस्तै हालत रहेको छ । बिशेषगरी मकवानपुरको राक्सीराङ, कैलाश, मकवानपुर गढी, बकैयाँ, बागमती, मनहरी गाउँपालिकाको समस्या पनि उस्तै रहेको छ । प्राबिधिक बिनानै ग्रामिण सडक निर्माण गरेर जोखिम बढाइएको छ ।