सार्वजनिक यातायातमा जिपिएस प्रणाली लागु हुँदै, के हो जिपिएस ?

जनपत्र
१७ बैशाख २०७६, मंगलवार ०७:०३

यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनलाई जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रणालीमा जोड्न लागेको छ। जिपिएस जडानपछि ट्राफिक प्रहरीलाई ट्रयाकिङ गर्न, गतिको जानकारी हुनुका साथै सार्वजनिक यातायातका विकृति र आपराधिक घटना नियन्त्रण गर्न सहयोग पुग्ने विभागको दाबी रहेको छ । आगामी नौ मिहनामा सक्ने गरी विश्व बैंकको सहयोगमा काम सुरु भएको छ। जिपिएस प्रणालीका लािग परामर्शदाता नियुक्त गर्न प्रक्रिया थालिएको बताइएको छ। विभागका महानिर्देशन कुमारप्रसाद दाहालका अनुसार देशभरका करिब ४२ लाख सवारी साधनमा जिपिएस लागु गरिनेछ। यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*