मनहरीमा प्रधानमन्त्री रोजगार कार्यक्रमः निषेधाज्ञामा पाँच सय जनालाई रोजगारी

निषेधाज्ञाका कारण फुर्सदमा भएका मनहरीका पाँच सय जना श्रमिकले वडा–वडामा बिकास निर्माणका काम गरेका छन् ।
जनपत्र
३१ जेष्ठ २०७८, सोमबार ०७:४९

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका कारण निषेधाज्ञामा चार सय ९५ जनाले रोजगारी पाएका छन् । निषेधाज्ञाका कारण फुर्सदमा भएका मनहरीका श्रमिकहरुले श्रमिकले वडा–वडामा बिकास निर्माणका काम गरेका छन् ।

चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत मनहरीमा ८७ लाख रुपैयाँ प्राप्त भएको छ । त्यही अनुसार प्रायजसो वडामा बिकास निर्माणका काममा जोड दिइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट यहाँका धेरै वेरोजगार बनेका युवाहरुले रोजगारी पाएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो ।

लकडाउनको समयमा यो कार्यक्रम नभएको भए राहत वितरण गर्नुपर्ने समस्या आउने र यसले धेरैलाई रोजगारी दिलाएको अध्यक्ष उप्रेतीले वताउनुभयो । गतवर्ष पनि सडक निर्माण, सार्वजनिक पार्क निर्माण, पहिरो नियन्त्रण लगाएतका काम भएको उहाँले वताउनुभयो ।

यो कार्यक्रम मनहरीको वडा नम्बर–४ खुर्सानीवारी देखि वडा नम्बर–२ को गोगनघारी जोड्ने दुइ किलोमिटरको गोरेटोबाटो निर्माणको काम देख्न सकिने मनहरीका रोजगार संयोजक शारदा पोख्रेल वताउनुहुन्छ ।

यस कार्यक्रबाट रोजगारी पाएकाहरुले दुइ मिटर फराकिलो गोरेटो बाटो निर्माण गरेर एक वडाबाट अर्को वडा सम्म आवतजावत गर्नका लागि सहज भएको छ । यस गोरोटो बाटो निर्माण गर्नका लागि ११ लाख रुपैयाँ खर्च भएको छ । ४० जना श्रमिकले ५२ दिन सम्म रोजगारी पाएको र राम्रो काम समेत भएको मनहरी–४ का वडा सचिब बिदुर पाठक वताउनुहुन्छ ।

एक जना श्रमिकले दैनिक पाँच सय १७ रुपैयाँ प्राप्त गर्छन । बाटो निर्माण गरेर एक जनाले २६ हजार रुपैयाँ पाएका छन् । यो वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभाबकारी भएको वडा सचिब पाठक वताउनुहुन्छ ।

यसैगरी मनहरी गाउँपालिकाको वडा नम्बर–२ ट्याङकी दमार दोभानमा यहाँको वस्ती बचाउनका लागि ड्याम निर्माण गरिएको छ । कुल १३ लाख ५० हजार रुपैयाँ लागतमा यस वडाका श्रमिकलाई काम दिएर ड्याम निर्माण गरिएको रोजगार संयोजक पोख्रेलले वताउनुभयो ।

यसैगरी वडा नम्बर–५ बसन्तपुर डिल्लीपुरमा सडक मर्मत र नाला निर्माणको काम गरिएको छ । पाँच लाख रुपैयाँ लागतमा यस क्षेत्रका श्रमिकलाई रोजगारी दिइएको उहाँले वताउनुभयो । मनहरीको वडा नम्बर–६ मा नाला काट्ने र सडक मर्मतको काम पनि भएको छ । पाँच लाख रुपैयाँ लागतमा काम गरिएको हो । वडा नम्बर–७ फायरलाइनमा बृक्षारोपणको काम गरिएको छ । ११ लाख रुपैयाँ लागतमा काम गरिएको हो ।

मनहरी–८ मा सडक निर्माणको काम प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गरिएको छ । ११ लाख रुपैयाँ लागतमा सडक निर्माणको काम गरिएको हो । मनहरी–९ मा पहिरो नियन्त्रण र ग्याबिन लगाउने र झाडी सफा गर्ने काम गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*