मकवानपुरमा निषेधाज्ञा खुकुलो, पुस्तक पसल देखि मोवाइल पसल सम्म खुल्ने

जनपत्र
३० जेष्ठ २०७८, आईतवार १७:३९

हेटौंडा । मकवानपुरमा आउँदो असार १ गते देखि निषेधाज्ञामा केही खुकुलो बनाइएको छ । पहिले निषेधाज्ञा लागू भएको समयदेखि बन्द अवस्थामा रहेका पुस्तक पसल, मोवाइल पसल, मोवाइल मर्मत केन्द्र, कम्प्युटर पसलहरु खुल्ने निर्णय गरिएको छ ।

केही खुकुलो गरिएपनि मकवानपुरमा फेरी एक साताको लागि निषेधाज्ञा थप गरिएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र (डिसिसीएमसी) को बैठकले आइतबार रातिबाट सकिने निषेधाज्ञाको समय पुनः थप गरी असार ७ गतेसम्मका लागि लम्बाउने निर्णय गरिएको हो ।

अब देखि पहिले खुल्दै आएका खाद्यान्न, तरकारी, दुध, औषधी लगायतका पसलसंगै अत्याबस्यक पसलहरु खुल्ने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले वताउनुभयो । अत्यावस्यक पसल भन्दा बाहेकका तोकिएका पसलहरु भने बिहान ४ बजेदेखि १० बजे सम्म मात्र खोल्न पाइने उहाँले वताउनुभयो ।

उहाँका अनुसार असार १ गतेबाट खाद्यन्न, तरकारी, फलफुल, दुग्धजन्य पसलहरु जनस्वास्थ्यका सबै मापदण्डहरु पूरा गरी बिहान १० बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

कृषि विउबिजन तथा मल विक्री केन्द्र, औषधि पसल, पेट्रोल पम्प, ग्यास डिपो र अक्सिजन डिलिन्डर निमित संचालन गर्न पाईनेछ भने यस बाहेका सबै ब्यवयास बन्द रहने बैठकको निर्णयमा उल्लेख गरिएको छ ।

बैठकले हप्तामा ३ दिनमात्र खुल्ने गरेको बैंक, इन्स्योरेन्स, मनि ट्रान्सफर तथा वितिय सहकारी संस्थाहरुको हकमा भने अब नियमित बिहान १० बजेबाट २ बजेसम्म सञ्चालन गर्न पाइने ब्यवस्था गरेको छ । त्यस्तै स्टेस्नरी, मोवाईल मर्मत सेन्टर १० बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

त्यसैगरी हेटौंडाको खोपेगल्ली र बसपार्कको तरकारी तथा मासुपसलहरु पुर्णरुपमा बन्द रहने छ । तर, तरकारी तथा फलफुलको थोक बजारबाट खरिद बिक्री गर्न पाइने छैन भने होलसेल खाद्यान्य बिकेताहरुले खुद्रा बिक्री बितरण गर्न पाइने छैन ।

यस्तो छ निर्णयहरु

No photo description available.

No photo description available.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*