एमाले सांसदले नै दिएका थिए गण्डकीमा विद्रोहको चेतावनी
गण्डकी प्रदेशका नेकपा एमालेका सांसद इन्द्रलाल सापकोटासहित चारबढी सदस्यले प्रदेश सभा विघटन भए विद्रोह गर्ने चेतावनी दिएपछि कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि थप दबाब बढेको बताइएको छ ।
बाह्रखरीसँगको कुराकानीमा सांसद प्रदेश सभा सदस्य सापकोटाले आफूसहित चारजना सांसदले प्रदेश प्रमुखलाई पनि विघटनको अवस्था आएमा विद्रोह गर्ने चेतावनी दिएको बताए ।
उनी एमालेमा माधवकुमार नेपाल नजिकका सांसद हुन् । उनले आफूसँग अरु सांसद पनि रहेको बताएका थिए । विद्रोहबारेमा अन्य सदस्यहरुसँग पनि कुरा भइरहेको उनको भनाइ थियो ।