बागमती प्रदेश संसदबाटै माफी माग्दै नरोत्तम वैद्य

जनपत्र
२९ जेष्ठ २०७८, शनिबार ११:१७

बागमती प्रदेशसभाको बैठकमा शुक्रबार नेपाली कांग्रेसका प्रदेश सभा सदस्य संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना भएको छ ।  सामाजिक सञ्जालमा उनको चर्को विरोध भएपछि आज ११ बजे बस्ने बागमती प्रदेश सभामा  माफी माग्ने भएका छन् ।

शुक्रबारको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै  सांसद नरोत्तम वैद्यले महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेको नाम लिएर उनले ओली विरुद्ध आफू गोड्से बन्न तयार रहेको बताएका थिए ।

उनलाई अभिव्यक्ति फिर्ता लिन नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा र नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले समेत निर्देशन दिइसकेका छन् । उनले आफू भावनात्मक उत्तेजनामा आएर बोलेकाले आज संसदबाट माफी माग्ने बताएका हुन् । सभामुख सँग समय मागिसकेको र आजको बैठकमा सुरुवातमा नै माफी माग्न लागेको उनले जानकारी दिए ।

‘जहाँबाट बोलेँ त्यहीँबाट माफी माग्छु’ वैद्यले भने, ‘जनताको कुरा राख्दा संसदीय मर्यादा क्रस भएकोले माफी माग्न लागेको हुँ।’  वैद्यले संसदीय मर्यादा विपरित अभिव्यक्ति राखेको भन्दै पहिलो पटक फरकधारमा समाचार प्रकाशित भएको थियो । फरकधारबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*