मनहरी गाउँपालिकाको लगानीमा कृषि पर्यटन, युवाहरु आफ्नै गाउँमा स्वरोजगार

जनपत्र
२९ जेष्ठ २०७८, शनिबार ०७:०७

मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले कृषि पर्यटनमा जोड दिएको छ । यसले गर्दा युवाहरु बिदेसीने भन्दा पनि गाउँमै स्वरोजगार बन्न थालेका छन् । किसानलाई तरकारी, अन्नबाली, चौपाया पालन, गाई, मैसी पालनसंगै हरेक क्षेत्रमा अनुदानका कार्यक्रमले गर्दा युवाहरुलाई स्वरोजगार बनाउँदै गएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो ।

मनहरी गाउँपालिकाको मसिनेमा एउटा मध्यम आकारको पोखरी छ । पोखरीको मध्यभागमा छन् आकर्षक उद्यान सहितका कटेजहरु । कटेजसम्म पुग्न भने डुङ्गा चढ्नुपर्ने हुन्छ । कटेजमा डुङ्गाबाटै विभिन्न परिकारहरु आउछन् । माछा, लोकल तथा ब्रोइलर कुखुराका मासु, अण्डाजस्ता स्थानीय उत्पादनको स्वाद लिन यहाँ दैकिक कयौं आगन्तुकहरु आउने गर्छन् । आगुन्तुकलाई आप्mनै कृषि फर्ममा उत्पादित माछा, कुखुरा तथा तरकारीका परिकारहरु पस्केर स्वागत गर्नेगरिन्छ ।

परम्परागत कृषि अपनाउँदा दैनिकी गुजार्नमात्रै पुग्नेभएपछि स्थानीय पवन खड्काले माछा तथा कुखुरा पालन व्यवसाय शुरु गर्नुभएको थियो । ब्रोइलर प्रजातीको कुखुराबाट ठिकै आम्दानी गर्नुभएका उहाँलाई करिब ३० कठ्ठा जग्गामा ४÷५ वटा पोखरी निर्माण गरेर शुरु गर्नुभएको माछा पालनले भने हौस्यायो ।

गाउँपालिका तथा गाउँपालिकाको सहयोगमा प्रदेश सरकारलेसमेत सहयोग गर्न थालेपछि तथा प्रदेशका कृषिमन्त्रीदेखि मुख्यमन्त्री समेत माछा पोखरीको अवलोकनका लागि पुग्नुभएपछि उहाँको मनमा अर्कै कुरा फुर्यो । कृषि फर्मलाई उत्पादनले भरिभराउ बनाउने र हेर्दाखेरी आकर्षक बनाउने अनि अवलोकनमा आउनेहरुलाई खाने बस्ने व्यवस्था गर्ने । त्यो परिकल्पनालाई उहाँले अहिले साकार पार्नुभएको छ ।

अहिले उहाँको कृषिकर्मको अवलोकन गर्न मात्रै नभई डुङ्गामार्फत जलसयरगर्दै मज्जा लिन कयौं आगन्तुकहरु आउनेगरेको यसका सञ्चालक पवन खड्का वताउनुहुन्छ । उहाँको माछा पालन र संरचना निर्माण गर्नका लागि मनहरी गाउँपालिका र प्रदेश सरकारले लगानी गरेको छ ।
मनहरीमा झण्डै तीन बिगाह क्षेत्रफलमा ड्रागन फ्रुट(तिलफल), कागती तथा कुरिलो खेती गरिरहनुभएका हरिशरण अर्यालले कृषिमा शैली प्ररिवर्तन गर्नसके प्रशस्त आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ ।

अघिल्लो वर्ष मात्रै बिरुवा लगाउनुभएका अर्यालले पहिलो वर्ष तिलफलको एक क्विन्टल फल उत्पादन गर्नुभएकोमा यो वर्ष उत्पादन १० गुणाले वृद्धिहुने देखिएको व्यवसायिक कृषि फर्म प्रा.लि.का सञ्चालक हरिशरण अर्याल वताउनुहुन्छ । अर्यालले यसै वर्ष लगाउनुभएको कुरिलो खेतीले पनि राम्रै उत्पादन दियो । पहिलो वर्षनै मुल्य राम्रो पाएपछि रु पाँचलाखको कुरिलो बेच्नुभएका अर्यालको फर्ममा यतिखेर स्थानीय जात र वर्णशंकर कागती लटरम्मै फलिरहेकाछन् । बिरुवाको छनौट गर्न सकेकाले र बिरुवा सार्ने समयको हेक्का भएकाले नै रोपेको पहिलो वर्षनै कागतीले पनि राम्रै आम्दानी दिने अपेक्षा गरिएको छ ।

उहाँको फर्ममा ३ जना मासिक तलवमा र १० जना दैनिक ज्यालादारीमा काम गर्छन् । वनकरिया जाति नेपालको अतिसिमान्तकृत जाति समुदाय हो । नेपालभरीमा यसजातिको जनसंख्या जम्मा ८१ मात्र रहेकोछ भने घरधुरीसंख्या जम्मा २१ छ । यस जाति समुदायमा जम्मा दुईजनाले मात्र एसएलसी पास गरेकाछन् भने हाल जम्मा ३४ जना बालबालिका अध्ययनरतछन् ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४ मुसेधापमा वनकरीया वस्ती रहेको छ । यसधापमा बगरजस्तो जमिन रहेकाले कृषि उत्पादन राम्रो हुन्न, त्यसैले यहाँको उत्पादनले वनकरिया समुदायका लागि तीन महिना मात्रै खान पुग्छ । सरकारले लोपोन्मुख जातिसमुदायको प्रवद्र्धन गर्न उपलब्ध गराउने मासिक तीनहजार भत्ताले केही राहत त दिन्छ तर, समाजरुपान्तरणका लागि स्वजागरण सहितको आर्थिक रुपान्तरण आवश्यक पर्ने देखेर मनहरी गाउँपालिकाले वनकरिया जातिका लागि आर्थिक उपार्जनको दिगो विकल्प तयार पारेको छ वनकरिया “होम स्टे”।

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भटराइ आएर बास बसेको घरलाई मनहरी गाउँपालिकाले होमस्टेका रुपमा निर्माण गरिदिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती वताउनुहुन्छ । यहाँको वनकरीया वस्तीको प्रचारप्रसार हुने तथा पर्यटन प्रबद्र्धनसमेत गर्ने उद्देश्यले होमस्टे निर्माण गरिएको हो । नेपालमै लोपन्मुख वनकरीया वस्ती हेर्न र उनीहरुको रहनसहन बुझ्नका लागि आउनेलाई बस्नका लागि सहज होस भन्ने उदेस्यले होमस्टे निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । मनहरी गाउँपालिकाको आठ लाख रुपैयाँ लगानीमा होमस्ट्रे निर्माण गरिएको हो ।

गाउँपालिकाको सहयोगमा निर्माण गरिएको होमस्टले समग्र वनकरीया वस्तीको झल्को दिने छ । होमस्टेका लागि एउटै भवनमा तीन वटा कोठा तयार गरिएको छ । होमस्टे निर्माणको काम सकिएको र अब तत्काल सञ्चालनमा ल्याइने तयारी रहेको स्थानीय सन्तोषी वनकरीया वताउनुहुन्छ ।

मनहरी गाउँपालिकाले वनकरिया वस्तीलाई बिस्तारै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै लाने लक्ष्य लिएको छ । वनकरीया वस्तीमा उत्पादन भएको तरकारी, अन्न, फलफूलसँगैको खोलाको माछा, त्यहीको घट्टमा पिसेको पिठोका परिकार खुवाउने लक्ष्यका साथ होमस्टे निर्माण गरिएको हो ।

गाउँपालिकाले वनकरिया जातिलाई सिलाईबुनाई, तरकारी खेती लगायतका तालिमहरु उपलब्ध गराउँदै आएको छ । त्यस्ता तालिमका कारण वनकरीयाहरु अहिले आफ्ना बारीमा तरकारी, फलफूल, मकै आधुनिक तरिकाले लगाउन थालेका छन् । त्यस्तै बाख्रा, कुखुरा तथा माछा पालनसमेत गर्न थालेकाछन् । त्यसरी लगाउँदा उत्पादन वृद्धि भएको छ भने उत्पादनले बजार पाएको छ ।

गाउँपालिकाले हाललाई पर्यटक राख्नका लागि तीनवटा कोठा भएको एउटा मात्र घर तयारी गरेको भएपनि पर्यटक आगमनको संख्या हेरेर आगामी वर्षमा पनि यो वस्तीका अन्य घरहरुलाईसमेत होमस्टेको रुपमा विकास पालिका तयार छ । गाउँपालिकाले होमस्टेलाई व्यवस्थितरुपमा सत्तचालन गर्न ५ जनालाई होमस्टे सञ्चालन तालिम दिएको छ भने होमस्टे सञ्चालन गर्नका लागि छुट्टै समिति बनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*