बागमती प्रदेशसभामा सासद नरोत्तम बैद्यले अभिव्यक्ति प्रति राष्ट्रिय युवासंघको आपत्ति

जनपत्र
२८ जेष्ठ २०७८, शुक्रबार २०:३५

हेटौंडा । बागमती प्रदेश सभामा नीति तथा कार्यक्रममाथी बोल्ने क्रममा नेपाली काग्रेशका प्रदेशसभाका सदस्य नरोत्तम बैद्यले बोलेको अभिव्यक्ति प्रति राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य सन्तोष चौलागाईले आपत्ति जनाउनु भएको छ । बैठकमा बैद्यले प्रधानमन्त्री केपी ओली प्रति दिनु भएको भनाइप्रति चौलागाईले आज बिज्ञप्ती जारी गर्दै आपत्ति जनाउनु भएको हो ।

प्रधानमन्त्री ओलीलाई रोक्न कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्छ अन्यथा आफै तयार हुन्छु भन्ने बैद्यको अभिब्यक्ती, प्रधानमन्त्री केपी ओलीको सुरक्षा थ्रेट बढाउने कलुशीत मनसाय रहेको उहाँले वताउनुभयो । सांसद बैद्यको अभिब्यक्ती तत्काल संसदको श्रब्यदृश्य रेकर्डबाट हटाउन सभामुखलाई आग्रह समेत गर्नुभयो ।

संसदीय मर्यादा विपरीत आएको अभिब्यक्तीप्रति खेद प्रकट गर्दै उहाँले भन्नुभयो ‘हाम्रा पार्टी अध्यक्ष एवम् राजनेता प्रधानमन्त्री केपी ओलीको सुरक्षाका लागि लाखौँ युवा बलीदानी दिन तयार रहेको सगर्भ राख्न चाहान्छौँ । राष्ट्र, राष्ट्रियता र जनताप्रति ममतामयी भाव राख्ने एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको बढ्दो लोकप्रीयताबाट डराएका विपक्षीहरुको कायरता पूर्ण सोचबाट युवाहरु अविचलीत भई आफ्ना अध्यक्षको सुरक्षाका लागि कटीबद्ध हुन आम युवा साथीहरुमा हार्दिक आग्रह गर्दछु ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*