हेटौंडामा निशुल्क रुपमा मनोसामाजिक परामर्श सेवा सुरु

जनपत्र
२८ जेष्ठ २०७८, शुक्रबार १२:४९

हेटौंडा । हेटौडा उपमहानगरपालिकाका वडा नम्बर–६ म रहेको शहरी स्वास्थ्यचौकीबाट निशुल्क रुपमा मनोसामाजिक परामर्श सेवा सुरु भएको छ । यो सेवाको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले उद्घाटन् गर्नुभयो ।

उहाँले टोलफ्रि भएको मोबाइल हस्तान्तरण गरि कोभिड मनोसामाजिक परामर्श सेवाको समुद्घाटन भएको हो । यो सेवा हेटौंडाका १९ वटै वडा र मकवानपुर जिल्लाका नागरिकले समेत लिन सक्ने मेयर महतले वताउनुभयो ।

सिद्दस्थली सामुदायिक अस्पतालको प्राबिधिक सहयोगमा अव हेटौडा चौघडाको स्वास्थ्य चौकीबाट यो सेवा सुरु भएको हो । यो सेवा प्रभाबकारी रुपमा सञ्चालन गर्नका लागि मेयर महतले निर्देशन दिनुभयो ।

पैसा नलाग्ने नंबर १६६०५७५२५६६ मार्फत निशुल्क उपलब्ध हुने छ । कोरोनाका कारण र अरु समयमा पनि कुनैपनि व्यक्तिलाई परामर्श दिनुपरेमा निशुल्क रुपमा फोन गरेर यो सेवा लिन सक्नेछन् ।

कार्यक्रममा हेटौंडा ६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, शहरी स्वास्थ्यचौकीका प्रमुख टिएन ढुंगेल लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*