बूढानीलकण्ठ नगरपालिकामा ६० देखि ६४ वर्षका नागरिकलाई आज खोप लगाइने

जनपत्र
२८ जेष्ठ २०७८, शुक्रबार ०८:५२

काठमाण्डाै – काठमाण्डौको बूढानीलकण्ठ नगरपालिकाले स्थगित खोप कार्यक्रम आज फेरि सुरु गर्ने भएको छ । सीमित खोप आएकाले ६० देखि ६४ वर्ष उमेर समूहलाई आज फेरि खोप लगाइने नगरपालिकाले जनाएको छ ।

खोप बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै दिइनेछ  । खोपका लागि उमेर खुल्ने सरकारी कागजात लिइ खाेप केन्द्रमा जान र लक्षित समूहबाहेकलाई खोप लगाउन नजान पनि नगरपालिकाले आग्रह गरेको  छ ।

स्वास्थ्य मन्त्रालयले थप पाँच सय डोज उपलब्ध गराएकाले आज प्राप्त खोप लगाउन लागिएको नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले जानकारी दिनुभयो ।

खोप केन्द्र बूढानीलकण्ठ नगरपालिका २ मा रहेको गणेश चोक र वडा नम्बर १० मा रहेको बालउद्धार माविमा राखिएको छ । गएको सोमवार र मङ्गलवार नगरपालिकाका एक हजार नाै सय आठ जनालाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*