सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै

जनपत्र
२८ जेष्ठ २०७८, शुक्रबार ०६:४१

प्रतिनिधि सभा विघटनपछि पूर्व सभामुख एव‌ कानुन व्यवसायीसँग चरणवद्ध छलफलमा जुटेका सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक आह्वान गरेका छन् । दिउँसो २ बजे संसद भवनमा रहेको ल्होत्से हलमा बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

८ जेठमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी कार्तिक २६ र मङ्सिर ३ गतेको लागि चुनावको मिति तय गरेपछि सापकोटाले आगामी कदमको बारेमा परामर्श लिन यस अघि पूर्वसभामुखहरु, कानुन व्यवसायी एवं राजनीतिक दलका नेताहरुसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*