पैदल यात्रीलाई ठक्कर दिने मोटरसाइकलमा सवार व्यक्तिको माध्यमबाट पक्राउ परे पेस्तोलसहित मुख्य आरोपी

बिहीबार बिहानै बेलबारी नगरपालिका-१० भाउन्नेस्थित जंगलमा एउटा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दियो। प्रहरीका अनुसार बिहान सवा ६ बजे प्रदेश नं। १-०२-०४१ प ८८८७ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको थियो। मोटरसाइकलमा सुन्दरहरैंचा नगरपालिका-९ का चेवनकुमार धमला र खेम भट्टराई सवार दिए।
इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार ठक्करबाट मोरङ बेलबारी नगरपालिका-११ का १६ वर्षीय प्रितम राई, १५ वर्षीय सन्देश दास र कानेपोखरी गाउँपालिका-७ का ६५ वर्यीय दिलीपकुमार योगी घाइते भएका थिए। दुर्घटना हुँदा धमला र भट्टराई पनि सामान्य घाइते भए। उनीहरू सबैलाई उपचारका लागि बेलबारीस्थित नोबेल सामुदायिक अस्पतालमा ल्याइएको थियो।
यसक्रममा प्रहरीले धमला र भट्टराईलाई चेकजाँच गर्यो। तलासी लिँदा उनीहरूबाट लागुऔषध ८९२ पिस नाइट्रोजन र १३ ग्राम ८६० मिलिग्राम चरेश तथा फेला परेको थियो। दुबैलाई प्रहरीले सामान्य उपचारपछि नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो।
अनुसन्धानका क्रममा त्यो लागुऔषध मोरङ सुनवर्षी नगरपालिका(८ का ६० वर्षीय अब्बास मियाँको भएको पत्ता लागेपछि उनलाई पनि पक्राउ गरिएको प्रहरी निरीक्षक सरोज खनालले बताए। ‘मियाँको घरमा तलासी लिँदा कटुवा पेस्तोल, गोली दुई थान नाइट्रोभेट ट्याक्लेट ६०० थान, डाइलेक्स डिसी दुई बोत्तल र एक थान चक्कु फेला पारिएको छ,’ खनालले भने।
पक्राउ परेका तीनै जनालाई प्रहरीले हिरासतमा लिएर लागुऔषध, हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालेको छ। सेतोपाटीबाट